केही हाइकु

कविता

सुभाषचन्द्र पौडेल भीमफेदीया, धुम्बाराही,काठमाडौं।

पूर्व नभमा
उदाउँछन् सधैँ
पूज्य भास्कर।

पश्चिममा जो
अस्ताउँछन् सधैँ
ती दिवाकर।

कस्तूरी मिर्ग
जङ्गल कुद्या कुद्यै
नाभिको वास्ना।

गैरी खेतमा
हलो पनि जोतियो
बीउ छर्नु छ।

०००