भैरव पुरस्कार गुठीका तीन पुरस्कारको घोषणा

मुख्य समाचार

१३ भाद्र २०८२, काठमाडौं

नेपाली साहित्यका प्रख्यात हास्यब्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कारकको घोषणा भएको छ ।
गुठीले जनाए अनुसार एक लाख एघार हजार एकसय एघार रुपैयाँ राशीको २०८२ सालको “भैरव पुरस्कार” कृष्ण प्रधान भारत, सिलिगडी, एक लाख एक हजार एकसय एघार रुपैयाँको “भैरव वाङ्मय पुरस्कार” चित्रकलाकार हरिप्रसाद शर्मालाई तथा एकाउन्न हजार एकसय एघार रुपैयाँको भैरव प्रतिभा पुरस्कार विवस पोखरेल मोरङ बिराटनगरलाई प्रदान गरिनेछ ।
यी पुरस्कारहरू आगामि असोज ३ गते एक कार्यक्रमको आयोजना गरी विरण गर्ने समेत गुठीले जानकारी गराएको छ ।

०००