१ असार २०८२, काठमाडौं
गैर आख्यानको पहिलो प्रकाशित कृतिलाई प्रदान गरिने “साहित्यपोस्ट गैरआख्यान पुरस्कार” को अन्ति सूचि प्रकाशित भएको छ जसमा मेश भुसालको नियात्रा ‘छालबाटोः कैलाशदेखि गङ्गासम्म’, सञ्जीव पौडेलको संस्मरणात्मक कृति ‘छोटु’ र तारा भट्टराईको सिर्जनात्मक गैरआख्यान ‘मार्केट अफ स्वीटहार्ट’ रहेका छन् ।
विसं २०८१ सालमा प्रकाशित र पुरस्कार हेतु १३ कृतिहरू सुरुमा प्राप्त भएकोमा पहिलो चरणमा ७, दोश्रो चरणमा ५ छनौट भई हाल अन्तिम छनौटमा ३ कृति परेका हुन् ।
कवि एवं समालोचक विनयकुमार भण्डारीले प्रायोजन गरेको यो पुरस्कारको राशी ५० हजार रहेको छ र यी तीन कृति मध्य एक कृतिले यो पुरस्कार प्राप्त गर्नेछ ।
०००
