२९ भाद्र २०८१, काठमाडौं
छहरा साहित्य समाज, धापासी, काठमाडौंको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले गत वर्षको कार्य प्रगतिको समीक्षा तथा आगामी आर्थिक वर्षको निम्ति विविध कार्यक्रमहरू तय गरेको छ ।
संस्थाका अध्यक्ष योगेन्द्र तिमिल्सिनाको अध्यक्षता सम्पन्न सो कार्यक्रममा कार्यकारी समितिका सदस्य तिलक शर्मा पौडेलले स्वागत मन्तव्य दिएका थिए ।
सचिव भोलानाथ प्रेमी उपाध्यायबाट संस्थाको गत आर्थिक वर्षको गतिविधिको प्रतिवेदन प्रस्तुत भएको थियो । संस्थाका कोषाध्यक्ष आनन्द पौड्यालबाट आर्थिक वर्ष २०८०÷८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । साधारण सभाले आगामी आर्थिक वर्षको निम्ति प्रस्तावित कार्य योजना तथा अनुमानित आय–व्ययको प्रस्ताव अनुमोदन गर्नुका साथै आगामी आर्थिक वर्षको निम्ति संस्थाको लेखापरीक्षकमा ज्ञानेन्दप्रसाद दाहाललाई नियुक्ति गर्ने निर्णय समेत अनुमोदन गरेको थियो । समाजका सदस्य प्रा. नारायणप्रसाद कट्टेल विशेष अतिथि रहनु भएको सो कार्यक्रमको अन्त्यमा अध्यक्षले सदस्यहरुका जिज्ञासाहरु स्पष्ट पार्नुका साथै उपस्थित सदस्य तथा अतिथिहरुलाई धन्यवाद दिंदै सभा विसर्जन गरेका थिए ।
