राजेन्द्रमान डङ्गोल‍को ‘बादलडाँडा’को लोकार्पण

मुख्य समाचार

१० भाद्र २०८०, काठमाडौं

 

नियात्राकार राजेन्द्रमान डङ्गोल‍को तेस्रो नियात्रा कृति’बादलडाँडा’को  लोकार्पण सम्पन्न भएको छ ।

लेखकसहित ९ जनाले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका थिए ।

लोकार्पित कृतिको विषयमा  प्रमुख अतिथि प्रा.डा. रमेशप्रसाद भट्टराई,  नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा• धनप्रसाद सुवेदी, कवि तथा समालोचक डा• विन्दु शर्मा, समालोचक तथा स्तम्भकार राम लोहनी आफ्नो धारणा राखेका थिए । त्यसै गरी  पर्यटन व्यवसायी तथा समाजसेवी आङछिरिङ शेर्पा, टानका पूर्व अध्यक्ष नवराज दाहाल, प्रा •डा• ऋषिराम शर्मा र नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले शुभकामना मन्तब्य दिएका थिए ।

कवि तथा समालोचक आरएम डङ्गोलले नियात्राकार डङ्गोलको परिचय, व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा लोकार्पित कृतिका लेखक राजेन्द्रमान डङ्गोल‍ले आफ्नो लेखकीय मन्तब्य राखेका थिए ।

कार्यक्रमको शुरुमा गाउँ पर्यटन मञ्च(भिटोफ)का महासचिव निशेष थापाले अतिथिहरूको स्वागत गरेका थिए भने कार्यक्रमको अन्तमा भिटोफका पूर्व अध्यक्ष बोधराज भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए ।

कवि तथा सम्पादक लक्ष्मी रूम्बाले सहजीकरण गरेको सो कार्यक्रमको अध्यक्षता भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले गरेका थिए ।

Leave a Reply