विश्वपरिक्रमा डेस्क
सन् २०१२ मा अमेरिकी नेपाली समुदायमा दर्शन रौनियार चर्चाको पात्र वने । उनी अमेरिकाको वाशिङ्टन राज्यको प्रतिनिधि सभामा उम्मेदवार वनेका थिए । त्यो तहको अमेरिकी राजनीतिमा उनले उम्मेदवारी दिएकाले समग्र अमेरिकाका नेपालीहरुको चासो रहेको थियो ।
उनको चुनावी क्षेत्र वाशिङ्टन राज्यको डिष्ट्रिक्ट -१ रहेको थियो । तर अमेरिका भर उनले चुनावका लागि चन्दा सङ्कलन गर्न दौडाहा गरेका थिए र सवैजसो नेपालीको उनीप्रति सद्भाव रहेको थियो ।
तर प्रारम्भिक चुनावमै उनी पराजित भएका थिए ।
सन् २०१६ मा पनि उनी पराजित भए ।
तर अमेरिकाका नेपालीहरुमा अमेरिकी चुनावप्रति आकर्षण बढाउन र ईतिहास वनाउने काम भने उनीबाट भयो ।
