१९ असोज २०८३, काठमाडौं
साहित्यकार कृष्ण धरावासीकोनविनतम उपन्यासकृति ‘भ्रान्ति पर्व’ एक समारोह वीच साहित्यकार प्राडा.रत्नमणि नेपाल, आख्यानकार वसन्त बस्नेत, लेखक स्वम् लगायतले सामुहिक लोकार्पण गरे ।
“राधा” उपन्यासका लागि मदन पुरस्कारप्राप्त साहित्यकार कृष्ण धरावासीको लामो अन्तरालपछि आख्यानकृति प्रकाशनमा आएको हो । यसअघि उनको तेश्रो आत्मकथात्मक कृति “अर्धकट्टी” प्रकाशनमा आएको थियो ।
समारोहमा प्राडा.रत्नमणि नेपाल र तथा बसन्त बस्नेतले धरावासी आ-आफ्ना धारणा राखेका थिए ।
विमोचित कृतिका लेखक धरावासीले अव कमसेकम प्रत्येक वर्ष एउटा कृति सिर्जना गर्ने जताउँदै विमोचित कृति महाभारतलाई केन्द्रमा राखेर अठार पर्वमा थप हुनेजस्तो गरी एक पर्वका रूपमा शीर्षक चयन गरिएको बताए ।
सो लोकार्पण कार्यक्रम पैरवी बुक हाउस प्रालिका अध्यक्ष चन्द्र शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
०००
