२६ असार २०८३, काठमाडौं
नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथावाचन कार्यक्रमको बत्तीसौं श्रृङ्खला मिति २०८३ असार २६ गते शुक्रबारका दिन सम्पन्न भएको छ ।
कार्यक्रमको प्रारम्भमा यस अभियानका परिकल्पनाकार कथाकार-नियात्राकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरुको स्वागत गर्दै कार्यक्रमका उद्देश्यहरुबारे प्रकाश पारे ।
कुनै दिवंगत कथाकारको सम्मानस्वरूप उनको एउटा कथा वाचन गरेर कार्यक्रम आरम्भ गर्ने अभियानको परम्परा अनुसार दिवंगत स्रष्टा कृष्णबम मल्लको ‘गुलाब’ शीर्षकको कथा कथाकार इल्या भट्टराईले वाचन गरिन् ।
कार्यक्रममा कथाकार निर्मोही व्यासले ‘रोल नम्बर चार’ तथा कथाकार शारदा पराजुलीले ‘अपराधबोध’ शीर्षकको कथा वाचन गरे ।
कथाहरुको वाचन कार्य सकिएपछि समीक्षक प्रा डा मुकेशकुमार चालिसेले कथाकार निर्मोही व्यासको कथामाथि तथा समीक्षक डा अम्बिका अर्यालले कथाकार शारदा पराजुलीको कथामाथि सङ्क्षिप्त टिप्पणी गर ।
कार्यक्रमको अन्त्यमा यस अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथासाहित्यको विकासक्रमबारे संक्षिप्त चर्चा गर्दै कथाको कालखण्डगत विकासबारे चिन्तन, छलफल, अनुसन्धान जस्ता कार्यहरूका माध्यमबाट समग्रमा नेपाली कथा विधाको विकास होस् भन्ने बृहत उद्देश्य लिई यो पुनर्जागरण अभियान शुरु गरिएको कुरा स्पष्ट पारे।
०००
