६ भदौ २०८२, काठमाडौं
विसं २०८१ सालको मदन पुरस्कार छुदेन काविमो लिखित उपन्यास “उरमाल” लाई प्रदान गरिने भएको छ । विसं २०१३ सालमा पहिलोपल्ट पुरस्कृत गर्दा ४ हजार राशीको यो पुरस्कार हाल ४ लाख राशी रहेको छ ।
“उरमाल” छुदेन काविमोको दोश्रो उपन्यास हो । यसअघि उनको “फातसुङ” उपन्यास प्रकाशित हुँदाखेरि देखि नै उनको लेखन चर्चामा आएको थियो र अङ्ग्रेजी लगायत विभिन्न भाषामा अनुवाद हुन थालेका थिए ।
मदन पुरस्कार पहिलोपल्ट वि.सं. २०१४ सालमा पहिलोपल्ट “मन” उपन्यासका लागि लिलाध्वज थापाले प्राप्त गरेका थिए । छुदेन मदन पुरस्कार पाउने १८औं उपन्यासकार हुन् ।
त्यसै गरी जगदम्बाश्री पुरस्कार “विगत पाँच वर्षदेखि लोक-संस्कृति क्षेत्रमा सक्रिय” भए बापत श्री प्रेमदेव गिरीलाई प्रदान गर्ने निर्णय गरेको छ । यस पुरस्कारको राशी पनि ४ लाख रहेको छ ।
मदन पुरस्कार मदन शम्शेर राणाको नाममा उनकी धर्मपत्नी महारानी जगदम्बाले स्थापना गरेकी भए पनि मदन पुरस्कार तथा मदन पुरस्कार पुस्तकालय स्थापनामा वाङ्मय सेवी अनुसन्धानात्मक लेखनका उर्जाशील साहित्यकार कमल दीक्षित रहेका थिए ।
जगदम्बाश्री पुरस्कार महारानी जगदम्बाको निधनपछि उनको नाममा मदन पुरस्कार राशीकै बरावरको राशी दिने गरी स्थापना गरिएको थियो र पहिलोपल्ट स्वर सम्राट नारायण गोपाललाई प्रदान गरिएको थियो ।
