१ जुलाई २०२६, वाशिङ्टन डिसी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसास वाशिङ्टन डिसीको केन्द्रिय कार्य समिति को लागि आगामि जुलाई ७ देखि ९ सम्म हुने मतदानका लागि केन्द्रिय अध्यक्षदेखि कार्यकारी सदस्यसम्मका उम्मेदवारहरु व्यापक चुनावी प्रचार प्रसारमा लागेका छन् ।
निर्वाचन समतिले जारी गरेको सूचना अनुसार ४ जुलाईसम्म चुनाबी प्रचार प्रसार हुनेछ भने जुलाई ५ र ६ दुई दिन मौन अवधि हुनेछ । त्यसपछि जुलाई ७ देखि ९ सम्म मतदान हुने तथा १० जुलाईमा चुनावको नतिजा सार्वजनिक हुने जनाइएको छ ।
यसपटकको चुनावमा अमेरिकाको बोस्टबासी लालगोपाल सुवेदी र क्यानाडावासी सुरेन उप्रेती अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् ।
महासचिव पदमा राजु सिटौला र सहदेव कोइराला प्रतिस्पर्धामा रहेका छन् ।
वरिष्ठ उपाध्यक्षका लागि सुदीपभद्र खनाल तथा तारा अधिकारी प्रतिस्पर्धामा छन् ।
क्षेत्रिय उपाध्यक्षहरुमा एशियाका लागि दिनेशराज ज्ञवाली, ओसेनियाका लागि डा. प्रकाश पौडेल तथा युरोपका लागि राज श्रेष्ठ निर्विरोध भैसकेका छन् । अमेरिकाका लागि क्षेत्रिय उपाध्यक्षमा अग्नि पराजुली, गीता बजगाईं तथा शकुन ज्ञवाली प्रतिस्पर्धा गर्दैछन् ।
सचिव पदमा ऋषभदेव घिमिरे तथा कोषाध्यक्ष पुष्पा खनाल पनि निर्विरोध भैसकेका छन् ।
कार्यकारी सदस्य पदमा ८ जना डा. कृष्ण शाह यात्री, डा. पारशमणि गङ्गाल, हरिमाया अधिकारी, महेश्वर पन्त, मीरा कोइराला, नीलकण्ठ सुवेदी, पीपलमणि सिग्देल तथा राजेन्द्र के.सी. प्रतिस्पर्धा गर्दैछन् ।”
०००
