टीकापुर साहित्य समाजको नयाँ कार्य समिति

मुख्य समाचार

१८ मंसिर २०८२, टिकापुर

टीकापुरमा साहित्यिक गतिविधि गर्दै आइरहेको टीकापुर साहित्य समाजको तेस्रो साधारणसभा सम्पन्न भएको छ । टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारूको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारण सभाले मदन पुरस्कार विजेता कथाकार महेशविक्रम शाहको अध्यक्षतामा नौ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।
चयनित उपाध्यक्षमाडा.केशरबहादुर कुँवर, सचिवमा ईश्वर साउद, कोषाध्यक्षमा रजनी शाही, सहसचिवमा चक्रचन्द सोडारी तथा सदस्यहरूमा रंग अधिकारी, तेजराज खनाल, विनिता चौधरी र अरूण लोहार रहेका छन् ।

०००