स्मृति सभामा कृति लोकार्पण तथा स्रष्टा सम्मान 

मुख्य समाचार

१४ मंसिर २०८२, काठमाडौं

दोलखा जिल्लाका अग्रणी समाजसेवी शिक्षाप्रेमी व्यक्तित्व स्वर्गीय रूक्मणिराज सिवाकोटीको औँ स्मृति दिवस समारोह आयोजना गरियो ।
सो अवसरमा विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएका सात प्रतिभालाई सम्मान समर्पण समेत गरिएको थियो।
सम्मानित हुने सात व्यक्तित्वहरूमा रूक्मणिराज सिवाकोटी स्मृति स्रष्टा सम्मानबाट प्रा.डा.दयाराम श्रेष्ठ,नारायणराज खरेल स्मृति सम्मानबाट पूर्व न्यायाधीश भीमेन्द्रबहादुर कार्की,२०८१ सालको ज्ञानगुन स्रष्टा सम्मानबाट प्रा.डा.गोविन्दराज भट्टराई,रूक्मणीराज सिवाकोटी स्मृति पत्रकारिता सम्मानबाट विजय चालिसे(मरणोपरान्त),ज्ञानगुन स्रष्टा सम्मानबाट महेश प्रसाई,निलमप्रकाश मैनाली स्मृति शिक्षा सेवा सम्मानबाट नारायणी मेमोरियल फाउन्डेसनका संस्थापक अध्यक्ष नरेन्द्रप्रसाद पाठक तथा २०८१ सालको विज्ञानका कुरा स्रष्टा सम्मानबाट डा.मुकेशकुमार चालिसे रहेका थिए।
गोरखापत्र संस्थानका अध्यक्ष समेत रहेका पत्रकार विजय चालिसेलाई मरणोपरान्त प्रदान गरिएको सम्मान उनका जेष्ठ सुपुत्र आलोक चालिसेलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल प्रज्ञा प्रतिष्ठान का पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले आफ्नो मन्तव्यमा पूर्खालाई सम्झने कार्य गरेकोमा रूक्मणिराज सिवाकोटी स्मारक कोषका संस्थापक अध्यक्ष शेषराज सिवाकोटीलाई बधाई तथा धन्यवाद दिएका थिए।
सभाका सभापति प्रा.डा. पार्थिवेश्वर तिमिल्सिनाले जेष्ठ नागरिकहरूका बारेमा बोल्दै जेष्ठ नागरिकसँग बसेर कुरा गर्ने कोही पनि नहुने अवस्थामा यस प्रकारको कार्यक्रमले विशेष महत्त्व राख्ने कुरा बताए।
पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले सम्मानित व्यक्तित्वहरूलाई बधाई तथा रूक्मणिराज सिवाकोटी स्मारक कोषका संस्थापक अध्यक्ष पूर्व न्यायाधीश शेषराज सिवाकोटीलाई धन्यवाद दिएका थिए।यस्ता कार्यक्रमहरूले समाजलाई सकारात्मक उर्जा दिने कुरामा आफू विश्वस्त रहेको बताए।
कार्यक्रमको सुरूमा रूक्मिणीराज सिवाकोटी स्मारक कोषका संस्थापक अध्यक्ष पूर्व न्यायाधीश शेषराज सिवाकोटीले स्वागत मन्तव्य राखेका थिए। मन्तव्यका क्रममा उनले स्मारक कोषका गतिविधि तथा सम्मानित व्यक्तित्वहरूका बारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा स्मृतिका पानामा अधिवक्ता नारायणराज खरेल,शिक्षासेवी निलमप्रकाश मैनाली स्मृति पुष्प भाग -३, विज्ञानका कुरा भाग -१४ प्राणीशास्त्र वैज्ञानिक डा.मुकेश कुमार चालिसे अङ्क – ४,ज्ञानगुनका कुरा भाग-२४९ कृष्ण चन्द्रसिंह प्रधान स्मृति अङ्क-२,ज्ञानगुनका कुरा भाग -२५३ डा.महेशराज पन्त अङ्क -५,ज्ञानगुनका कुरा भाग -२५४ महेश प्रसाईं अङ्क -१,विज्ञानका कुरा भाग -१५ वनस्पति शास्त्री वैज्ञानिक डा.तीर्थबहादुर श्रेष्ठ अङ्क -४,ज्ञानगुनका कुरा भाग -२५२ डा.गोविन्दराज भट्टराई अङ्क-१,न्याय भाग-६७ नरेन्द्रप्रसाद पाठक अङ्क-१समाजसेवी रूक्मणि राज सिवाकोटी स्मृति पुष्प-६,ज्ञानगुनका कुरा भाग-२५१ गोपाल योञ्जन स्मृति अङ्क-१,ज्ञानगुनका कुरा भाग-२५५
विजय चालिसे स्मृति अङ्क-१,न्यायभाग-६४भीमेन्द्रबहादुर कार्की अङ्क -१ लगायतका १५ थान कृतिहरूको लोकार्पण गरिएको थियो।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरू नरेन्द्रराज पाठक,डा. मुकेशकुमार चालिसे,भीमेन्द्रबहादुर कार्कीले मन्तब्य राखेका थिए।
कार्यक्रममा कोषका सदस्य टुकाराम ढकालले धन्यवाद ज्ञापन गरेका थिए।
रूक्मणिराज सिवाकोटी स्मारक कोष,ज्ञानगुन प्रकाशन,ज्ञानगुन साहित्य प्रतिष्ठान तथा ज्ञानगुन कानुन प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रमका सञ्चालक अधिवक्ता अमृत खरेल रहेका थिए।
०००

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)