६ साउन २०८२, काठमाडौं
सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा मंगलबार आयोजित एक कार्यक्रमका वीच डेनमार्क बस्दै आएका कवि प्रकाश सापकोटाद्वारा लिखित कविताकृति ‘सन्नाटाका सुस्केरा’ विमोचन सम्पन्न भएको छ । कार्यक्रमका अतिथिहरू दिनेश अधिकारी, श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, सुस्मिता नेपाल, राधेश्याम लेकाली र कवि सापकोटाले सामुहिक रुपमा विमोचन गरेका थिए ।
कवि दिनेश अधिकारीले सबैभन्दा पहिले कविताले कवि आफैँलाई आनन्द दिनुपर्छ । कविले आफैँले आफूलाई तिखार्दै, परिमार्जन गर्दै जानुपर्छ भन्ने भनाइ राखे ।
विमोचित कृतिमाथि ठाकुर बेलबासे र यादव भट्टराईले टिप्पणी गरेका थिए ।
समारोहमा बोल्दै साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कवितामा आफ्नोपन आवश्यक रहेको बताए ।
साहित्यकारहरू राधेश्याम लेकाली, पवन आलोक, छविरमण सिलवाल, केशव पराजुली, पूर्णबहादुर श्रेष्ठ लगायतले समेत मन्तब्य ब्यक्त गरेको सो कार्यक्रममा कवि सापकोटाले पठाएको पत्र कवि विश्व सिग्देलले वाचन गरे ।
सो अवसरमा सार्वजनिक कृतिभित्रबाट दीपक चौलागाईं र रुपा रिसालले कविता वाचन गरेका थिए ।
