७ साउन २०८२, काठमाडौं ।
वासु शशी स्मृति परिषद्को साधारणसभाले नयाँ कार्यसमितिको चयन गरेको छ ।
परिषद्की कार्यवाहक अध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा बसेको साधारण सभाले अध्यक्षमा कालीप्रसाद रिजाल, उपाध्यक्षमा श्रीओम श्रेष्ठ “रोदन”, सदस्य-सचिवमा प्रद्युम्न जोशी, कोषाध्यक्षमा श्याम प्रधान र सदस्यहरुमा क्रमशः ध्रुव मधिकर्मी, यादव भट्टराई र नीना जोशी चयन गरेको छ ।
यसैगरी परिषद्को संरक्षकमा श्रीमती जुलुम बैद्य र सल्लाहकारहरुमा यादव खरेल तथा राधेश्याम लेकाली रहनु भएका छन् ।
परिषदका अध्यक्ष गणेश रसिकको निधनपछि अध्यक्ष पद रिक्त हुन गएको थियो ।
नव गठित परिषदको पहिलो बैठकले गत २०८२ जेठ १८ गते दिवङ्गत परिषद्का अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको शोक प्रस्ताव पारित गरेको थियो । साथै यसै वर्षदेखि “वासु शशी स्रष्टा पुरस्कार”को पनि स्थापना गर्ने निर्णय गरेको छ ।
सभामा प्रशासनिक र आर्थिक प्रतिवेदन प्रस्ताव गरिनुका साथै छलफल भएर पारित भएको थियो ।
