२४ फागुन २०८१, काठमाडौं ।
साहित्यिक पत्रकार संघले आज उपन्यासकार उषा के. सी. को “हिउँफूल” उपन्यासको लोकार्पण कार्यक्रमको आयोजना गर्यो । विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. दयाराम श्रेष्ठ तथा मञ्चासिन सबैले संयुक्त रुपमा गरे ।
लोकार्पित कृतिका बारे वरिष्ठ समालोचक प्रमोद प्रधान र गीता त्रिपाठीले आआफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि दयाराम श्रेष्ठ, अध्यक्ष लेकाली, कृति प्रकाशन संस्था भुँडीपुराणका केशव पराजुली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, सर्जक जितेन्द्र रसिक र कृतिकार उषा के. सी. ले आआफ्नो मन्तव्य राख्नेका थिए ।
कार्यक्रममा लोकार्पित कृतिका सर्जक उषा के. सी. लाई संघले बधाईपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको थियो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रम कवि भैरवी भूगोलले संचालन गरेका थिए ।
उषा के.सी.का यसअघि उषाका दुई मुक्तक सङ्ग्रहहरु प्रहर (२०७७) र माकुरी (२०७९) प्रकाशित रहेका छन् ।
