साहित्यकारहरुको असार पन्ध्र तथा शुभकामना आदान प्रदान
१५ असार २०८२, काठमाडौं
राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन असार १५ गते साहित्यिक पत्रकार सङ्घको सहभागितामा स्थानीय बासिन्दा,समाजसेवी तथा कृषक गुठियारहरूद्वारा दही चिउरा,फलफूल,उसिनेको अण्डा र घरेलु उत्पादन रक्सी समेत सगुन दिएर प्रमुख आमन्त्रित व्यक्तित्व तथा अन्य आमन्त्रित व्यक्तिहरूलाई आतिथ्य सत्कार गरिएको थियो।
सो कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्ति सांसद राजेन्द्र लिङ्देन रहेका थिए। उनले शको ६० प्रतिशतभन्दा बढी जनता कृषिमै आश्रित भए पनि आफूलाई चाहिने खाद्यान्न उत्पादन गर्न नसकेको र बाहिरबाट मगाउनु परेको अवस्था रहेको बताए।
सो अवसरमा परेको जन्मदिनका लागि चर्चित कलाकार मदनदाश श्रेष्ठलाई सुस्वास्थ्य र दीर्घायुको शुभकामना दिइएको थियो।
कार्यक्रममा स्थानीय समाजसेवी प्रकाश रिमालले स्वागत मन्तव्य राखेका थिए भने अर्का समाजसेवी तथा कृषक नवीन शाहीले शुभकामना मन्तव्य राखेका थिए।
सभाका सभापति राधेश्याम लेकालीले सांसद राजेन्द्र लिङ्देन ३० कै दशकको कवि भएको उल्लेख गर्दै सत्तामा बस्नेहरू सबै कवि भइदिए राम्रो हुने बताए ।
कार्यक्रमको सञ्चालन गीतकार तथा समाजसेवी शोभित उप्रेतीले गरेका थिए।
शुभकामना आदानप्रदान कार्यक्रमपछि सहभागीहरूलाई दही चिउरा,तरकारी,फलफूल आदि विभिन्न परिकार खुवाइएको थियो।खानपिन चलिरहँदा सभाकक्षमा साङ्गीतिक कार्यक्रम पनि भइरहेको थियो।
०००
(सुभाषचन्द्र पौडेल भीमफेदिया, काठमाडौंको सहयोगमा)
