नइ प्रकाशनका पाँच कृति एकसाथ विमोचित

२४ भदौ २०८०, काठमाडौं नइ प्रकाशनका पाँच कृतिहरुको एक समारोहका वीच काठमाडौंमा एकसाथ विमोचन सम्पन्न भएको छ । विमोचित कृतिहरु ईन्दिरा प्रसाईद्वारा लिखित ‘बघेनी’ कथासङ्ग्रह, सुनीता कार्कीको ‘साथ रहोस् नरहोस्’, भगवती बस्नेतको ‘विश्वम्भरा’, ओमकुमारी बञ्जारा रानाभाटको ‘ऋतु’ र रश्मि रिमालबाट रचित ‘पर्दाभित्र’ कवितासङ्ग्रहहरु रहेका छन् । यी कृतिहरुलाई वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरी […]

Continue Reading

विसं २०८० को वासुदेव लुईंटेल पुरस्कार तथा सम्मान समर्पण सम्पन्न

२३ भदौ २०८०, काठमाडौं विसं २०७९ सालको वासुदेव लुईंटेल पुरस्कार हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई ललितपुरको जावलाखेलमा आयोजित एक समारोहकावीच समर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि भैरवबहादुर थापा तथा विशिष्ट अतिथि शान्तदास मानन्धरले उनलाई प्रदान गरे । उनलाई पुरस्कारको राशी एक लाख एघार हजार एकसय एघार नगद, सम्मानपत्र र प्रतीक चिन्ह समेत प्रदान […]

Continue Reading

भारतीय नेपाली साहित्यका धरोहर नरवहादुर दाहालको निधन

८ सेप्टेम्वर २०२३, सिलिगढी भारतीय नेपाली साहित्यका धरोहर नरवहादुर दाहालको उपचारको क्रममा ८ सेप्टेम्वर २०२३ का दिन साँझ निधन भएको छ । सन् १९३७ सेप्टेम्वर ५ का दिन कालेबुङमा जीतवहादुर दाहाल र वेदमाया दाहालको सुपुत्रको रुपमा जन्मेका उनले सन् १९५० मा लैनसिं वाङ्गदेलको सम्पादनमा प्रकाशित “प्रभात” पत्रिकामा “स्मरण” शिर्षकको गद्य कविताको प्रकाशनसँगै साहित्य यात्राको थालनी […]

Continue Reading

कविता महोत्सव पुरस्कार २०८० प्रदान

२१ भदौ २०८०, काठमाडौं नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रज्ञा प्रतिष्ठानले यसै वर्षदेखि कविता महोत्सवमा भाग लिने कविहरुमध्ये १० कवितालाई छनौट गरी पुरस्कृत गर्ने नयाँ परम्परा थालनी गरे अुनसार छनौटमा परेका १० कविहरुलाई राष्ट्रपति निवास शितल निवासमा आयोजित समारोहमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् । पुरस्कृत हुने कविहरुमा खिमानन्द जोशी, पूर्णानन्द ओझा, टङ्क बहादुर […]

Continue Reading

अनेसास नवरत्न सम्मानको घोषणा

६ सेप्टेम्वर २०२३, वाशिंटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्य, कला, संस्कृति र समाजका विविध पाटोमा उल्लेख्य योगदान पुर्याउने ९ जना महिलालाई वर्षेनी प्रदान गर्दै आइरहेको नवरत्न सम्मानका लागि नाम सिफारिस गर्न गठित समितिको सिफारिसमा नवरत्न सम्मानका लागि ९ जना प्रतिभाको घोषणा गरेको छ । अनेसासले प्रकाशित बिज्ञप्ति अनुसार साहित्य तर्फ अनु शाह(अमेरिका), आचार्य […]

Continue Reading

विसं २०८० को वासुदेव लुईंटेल पुरस्कार तथा सम्मानको वितरण गरिंदै

२० भदौ २०८०, काठमाडौं विसं २०७९ सालको वासुदेव लुईंटेल पुरस्कार हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी एक लाख एघार हजार एकसय एघार रहेको छ । नगदको साथमा सम्मानपत्र र प्रतीक चिन्ह समेत प्रदान गरिनेछ । त्यसैगरी चुडामणि रेग्मी र रमेश खकुरेललाई वासुदेव लुईंटेल सम्मान प्रदान गरिने […]

Continue Reading

साहित्यकार सनत रेग्मी अश्वस्थ

२० भदौ २०८०, नेपालगञ्ज साहित्यकार सनत रेग्मी अश्वस्थ भै भदौ १९ गतेदेखि अस्पताल भर्ना भएका छन् । उनलाई एलर्जिक ब्रोङ्काइटिस भएकोले उपचार भैरहेको उनले विश्वपरिक्रमालाई बताए । उनले सामाजिक संजालमा पुरानो कर्णाली बिकास बैंक भएको ठाउँ नेपालगञ्ज अवस्थित प्रकाश नागको अस्पतालमा उपचार भैरहेको लेखेका छन् । केही समयअघि देखि डा. प्रकाश नागको निगरानीमा रहेर उपचार […]

Continue Reading

तीन दिने बिपी साहित्य महोत्सव हुँदै

२० भदौ २०८०, काठमाडौं नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वपरिक्रमा हस्ताक्षरित विज्ञप्ति अनुसार यही भदौ २४, २५ र २६ गते त्रिदिवसीय “बिपी साहित्य महोत्सव” को आयोजना गरिने भएको छ । नेपाली काँग्रेस केन्द्रिय कातर्य समितिको २०८० साउन २ देखि १९ सम्म भएको बैठकले सो निर्णय गरेको हो । यो महोत्सव नेपाली […]

Continue Reading

विसं २०८० को बिपी साहित्य सम्मान राजेन्द्र विमललाई

१८ भदौ २०८०, काठमाडौं   जननायक बिपी कोएराला स्मृति ट्रष्टले विसं २०८० को “बिपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार” बरिष्ठ कथाकार राजेन्द्र विमललाई प्रदान गरिने घोषणा भएको छ । ट्रष्टले हरेक बर्ष साहित्य सम्मान तथा प्रजातन्त्र सेनानी पुरस्कार प्रदान गर्दै आइरहेको छ । यस सम्मानका साथ १ लाख १ हजार राशी प्रदान गरिनेछ । साहित्यकार […]

Continue Reading

यस वर्षको युवाव​र्ष मोती पुर​स्कार प्र​मोद सारंगलाई

१६ भदौ २०८०, काठमाडौं हरेक वर्ष मोती जयन्तीका अवसरमा प्रदान गरिने “युवा वर्ष मोती पुरस्कार” कवि प्रमोद सारंग (प्रमोद शर्मा दाहाल) लाई प्रदान गरिने घोषणा भएको छ । व​रिष्ठ​ भाषाविद् त​था साहित्य​कार प्रा.डा.माध​व​प्र​साद पोख​रेल​को स​ंयोज​कत्व​मा ग​ठित मूल्याङ्कन स​मितिको सिफारिश अनुसार वि.सं. ​२०८० को युवाव​र्ष मोती पुर​स्कार सारंग​लाई प्र​दान ग​र्ने निर्ण​य​ भएको हो । पुर​कार​को राशी […]

Continue Reading