शैलुङमा कविता यात्रा तथा कालापानीमा स्रष्टा घरको शिलान्यास

८ पुस २०८०, काठमाडौं साहित्यिक पत्रकार संघले विसं २०३९ सालमा शुरु गरेको कविता यात्रा केही वर्ष यता स्थगित भ पनि यस वर्ष २०८० पुस ४ देखि ६ गतेसम्म दोलखाको शैलुङमा सम्पन्न भएको छ । ‘तीनदिने कविता यात्रा– २०८०’ अन्तरगत पहिलो दिन चरिकोटमा नेपाल उद्योग वाणिज्य संघ, दोलखा र भानु- विद्यापती साहित्य प्रतिष्ठान, दोलखाले चरिकोटमा स्वागत […]

Continue Reading

१२खरी कथा लेखन प्रतियोगिताको घोषणा तथा पुरस्कार वितरण

८ पुस २०८०, काठमाडौं बिगत ५ वर्षदेखि १२खरी मिडियाले सर्वाधिक राशीको डिश होम १२खरी कथा लेखन प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताको पाँचौं संस्करण अन्तर्गत यस वर्षको पुरस्कारको घोषणा तथा पुरस्कार वितरण तथा ‘उत्कृष्ट कथा–२०८०’ को विमोचन एकसाथ सम्पन्न भएको छ । प्रतियोगिताका लागि नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्रेषित ८ सय ४३ कथाहरुमध्येबाट यस वर्ष […]

Continue Reading

रमेश विकल स्मृति दिवस तथा पुरस्कार समर्पण

७पुस २०८०, काठमाडौं नेपाली साहित्यका मूर्धन्य ब्यक्तित्व शिर्षस्थ आख्यानकार रमेश विकलको १५औं स्मृति दिवसको अवसरमा विभिन्न स्रष्टाहरू पुरस्कृत भएका छन् । रमेश विकल साहित्य प्रतिष्ठानले विकलको पुर्ख्यौली थलो आरुबारी, काठमाडौंमा आयोजित समारोहमा पचास हजार राशिको रमेश विकल वाङ्मय पुरस्कार (२०८०) बाट प्रा.वासुदेव त्रिपाठी, रमेश विकल बाल साहित्य पुरस्कार (२०८०) बाट साहित्यकार रामबाबु सुवेदी, रमेश विकल […]

Continue Reading

युद्धवीर राणालाई २०२३ को साहित्य अकादमी पुरस्कार

२१ डिसेम्बर २०२३, असम असम डिगबोईका युद्धवीर राणालाई सन् २०२३ को साहित्य अकादमी पुरस्कार दिइने घोषणा भएको छ । उनलाई “नेपाली लोक साहित्य र लोक संस्कृतिको परिचय” शीर्षक ग्रन्थका लागि यो पुरस्कार प्रदान गरिने भएको हो। सन् १९३९ को १३ डिसेम्बरका दिन जन्मिएका युद्धवीर राणा बहुमुखी प्रतिभासम्पन्न व्यक्तित्व हुन्। उनी वरिष्ठ कवि, निबन्धकार, खोज-अनुसन्धानकर्ता, चित्रकार, […]

Continue Reading

सापसको शैलुङ्ग कविता यात्रा

४ पुस २०८०, शैलुङ साहित्यिक पत्रकार सङ्घको आयोजनामा रमणीय पहाडी गाउँ शैलुङ्गमा कविता यात्राका लागि सङ्घका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा कविहरू नरेन्द्रबहादुर श्रेष्ठ,रामप्रसाद पन्त,प्रद्युम्न जोशी,श्रीबाबु कार्की,नन्दु उप्रेती,ऋतु कडेल,नीता श्रेष्ठ,डा.बुनु दाहाल,विनोद नेपाल,प्रा.डा.गोविन्दमान सिंह कार्की,मुरारी सिग्देल,सुभाषचन्द्र पौडेल’भीमफेदीया’,नरहरि प्रेमी तथा पुष्पा थपलियाको टोली शैलुङ आएर कार्यक्रमको थालनी गरेका छन् । दोलखा घर भइ काठमाडौंलाई कर्मथलो बनाउँदै आएका चर्तित […]

Continue Reading

रमेश विकलको पन्ध्रौं स्मृतिसभामा श्रष्टाहरु पुरस्कृत हुँदै

४ पुस २०८०, काठमाडौं नेपाली साहित्यका मूर्धन्य ब्यक्तित्व शिर्षस्थ आख्यानकार रमेश विकलको १५औं स्मृति सभामा रमेश विकल वाङ्गमय पुरस्कार प्राडा वासुदेव त्रिपाठी, रमेश विकल सृजना पुरस्कार माधव काफ्ले, रमेश विकल वालसाहित्य पुरस्कार रामबाबु सुबेदी, रमेश विकल कला-सङ्गीत पुरस्कार सुवास गजुरेललाई प्रदान गरिने भएको छ । सोही समारोहमा रमेशविकल-सुशिला समाजसेवा पुरस्कार परोपकार संस्था तथा रमेश विकल […]

Continue Reading

प्रसिद्ध कंडेल युवा स्रष्टा सम्मान देबु लुइँटेललाई

२ पुस२०८०, काठमाडौं  नेपाल स्रष्टा समाजले यस वर्षको प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान युवाकवी देबु लुइँटेललाई प्रदान गर्ने निर्णय गरेको छ । समाजका उपाध्यक्ष चेतनाथ कँडेल हरित र सीता भण्डारी कँडेलले आफ्नो छोराको नाममा स्थापना गर्नुभएको उक्त सम्मानमा नगद राशि रु ११,१११ ।–सहित रहेको छ । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा बसेको कार्यकारिणी समितिको […]

Continue Reading

पहिचान पुरस्कार संयुक्त रुपमा प्रकाश गुरागाईं र प्रगति राईका कृतिलाई दिइने

२६ मंसिर २०८०, काठमाडौं चार लाख राशीको विसं २०७९ को पहिचान पुरस्कार प्रकाश गुरागाईंको गद्य कृति “जङ्सन पीपलबोट” तथा प्रगति राईको उपन्यास “थाङ्ग्रा” लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । जङ्सन पीपलबोट गैृ आख्यानात्मक कृति हो भने थाङ्ग्रा औपन्यासिक कृति हो ।

Continue Reading

दान खालिङ साहित्य सम्मान कवि मनप्रसाद सुब्बालाई

२५ मंसिर २०८०, सिलगडी सिलगडी नेपाली साहित्य संस्थानद्वारा प्रदान गरिने दान खालिङ साहित्य सम्मान कवि मनप्रसाद सुब्बालाई प्रदान गरिने भएको छ । सिलगडी नेपाली साहित्य संस्थानका अध्यक्ष डा. ज्ञानेन्द्र सुब्बा तथा सचिव डा. भुपेन तामाङ हस्ताक्षरित विज्ञप्ति अनुसार नगद राशी रु २० हजार सहितको सो पुरस्कार कवि सुब्बालाई “दीर्घकालदेखि नेपाली कविताका क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत […]

Continue Reading

साकार, कोइराला र लुईंटेललाई कृष्णभूषण बल सिर्जना पुरस्कार र सम्मान

२३ मंसिर २०८०, विराटनगर नेपाली साहित्यका आधुनिक कवि कृष्णभूषण बलको स्मृतिमा विराटनगरमा स्थापित कृष्णभूषण बल स्मृति प्रतिष्ठाले विसं २०७९ सालको तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार रु पचीस हजार राशीको कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार पाँच दशकदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि शैलेन्द्र साकारलाई प्रदान […]

Continue Reading