साहित्यिक पत्रकारितामा भाषिक एकता गोष्ठी सम्पन्न

१७ पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित सप्तााहव्यापी कार्यक्रमअन्तर्गतको पाँचौ दिन नेपाल प्रेस काउन्सिलको आयोजन तथा नेपाल स्रष्टा समाजको संयोजनमा साहित्यिक पत्रकारितामा भाषिक एकता गोष्ठी सम्पन्न भएको छ । प्रेस काउन्सिलको सभाकक्षमा सम्पन्न गोष्ठीमा उपत्यकाबाट प्रकाशित हुने साहित्यिक पत्रिका र अनलाइनका वहुसङ्ख्यक साहित्यिक पत्रकारहरुको उपस्थिति रहेको थियो । उक्त […]

Continue Reading

नेपाल स्रष्टा समाजको १७औँ साधारण सभामा कवि गोविन्दराज विनोदी सम्मानित

१६ पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन समाजको १७ औँ साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा महासचिव देविका तिमिल्सिना र कोषाध्यक्ष तारा सुवेदीले प्रस्तुत गर्नुभएको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन पारित भएको थियो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा भएको उक्त कार्यक्रममा संरक्षक पवन आलोक, पूर्व अध्यक्षहरु शैलेन्द्र […]

Continue Reading

नेपाल स्रष्टा समाजले गर्यो “निबन्ध गोष्ठी”

  १५ पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाजले स्थापनाको १७औँ दिवसको उपलक्ष्यमा आयोजित साप्ताहिक कार्यक्रमअन्तर्गत तेश्रो दिन निबन्धको गोष्ठीको आयोजना गर्यो । गोष्ठीमा डा.माधव पोखरेल, मोमिला, भीष्म उप्रेती, मित्रलाल पंज्ञानी, डा.गीता त्रिपाठी, डा. रजनी ढकाल, ज्ञानेन्द्र विवश, कुमारी लामा, मुकुन्दराज शर्मा, टङ्क उप्रेती, ज्ञानु अधिकारी, श्रीबाबु कार्की, मोहन चापागाई, रन्जना निरौला र श्रीओम श्रेष्ठ ‘रोदन’ […]

Continue Reading

पारसमणि प्रधान पुरस्कार कथाकार प्रदीप गुरूङलाई प्रदान गरिने घोषणा

३१ डिसेम्वर २०२३, कालिम्पोङ नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङले डा. पारसमणि प्रधान पुरस्कार वरिष्ठ कथाकार प्रदीप गुरूङलाई दिने घोषणा गरेको छ। दुई चरणको छनौट प्रक्रियापछि अन्तिम चरणका पाँचजनाको निर्णायक समितिको सभाले नेपाली साहित्यमा उत्कृष्ट योगदान पुर्‌याउने र दीर्घकालसम्म साहित्य सेवामा रहेका प्रदीप गुरूङलाई प्रदान गर्ने निर्णय गरेको नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङका महासचिव वलभद्र शर्माले […]

Continue Reading

जगदीश स्मृति पुरस्कार साहित्यकार माधव काफ्लेलाई

१४ पुस २०८०, मन्थली, रामेछाप जगदीश घिमिरे प्रतिष्ठानले विसं २०८० को जगदीश स्मृति पुरस्कार साहित्यकार माधव काफ्लेलाई प्रदान गरेको छ । रामेछापको मन्थलीमा जगदीश घिमिरे प्रतिष्ठानको आयोजनामा भएको १० औं जगदीश स्मृति साहित्यिक सभामा प्रमुख अतिथि कवि तुलसी दिवसले साहित्यकार काफ्लेलाई ५१ हजार नगद राशिको सो पुरस्कार समर्पण गरेका हुन् । जगदीश घिमिरे प्रतिष्ठानले हरेक […]

Continue Reading

रविन्द्र केसीको’सम्बन्धको दोबाटो’ विमोचन

१४ पुस २०८०, काठमाडौं केही समय यता विभिन्न पत्र पत्रिकामा सुपाठ्य कथा नियमित लेखेर प्रकाशित गराउँदै आएका कथाकार रविन्द्र केसीको पहिलो कथा सङ्ग्रह ‘सम्बन्धको दोबाटो’को विमोचन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, साहित्यकारहरु डा. ध्रुवचन्द्र गौतम, हरिअधिकारी, श्रीओम श्रेष्ठ रोदन, ज्ञानु अधिकारी, राजकुमार वानियाँ, लेखक स्वयम तथा मञ्चासिन व्यक्तित्वहरुले […]

Continue Reading

‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ समर्पण

१४ पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाजको सप्ताहब्यापि कार्यक्रमको दोश्रो दिन कवि देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ २०८० शङ्खमूलस्थित अवरनेश स्कूलमा आयोजित एक कार्यक्रमकाबीच समर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि मञ्जुलले सो पुरस्कार हस्तान्तरण गरे । पुरस्कार वितरणपछि बोल्दै प्रमुख अतिथि मञ्जुलले समाजको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बन्न पाउँदा […]

Continue Reading

मन्थली पुगे राजधानीका साहित्यकारहरु

१३ पुस २०८०, काठमाडौं नेपाली साहित्यका जुझारु र निर्भिक साहित्यकार जगदीश घिमिरेले आफ्नो जीवनकालमा बर्षेनी राजधानीबाट आफ्नो जन्मथलो रामेछापको मन्थलीमा साहित्यकारको टोली लगेर साहित्यिक कार्यक्रम गर्ने गर्थे । उनको देहान्तपछि पनि यो परम्पराले निरन्तरता पाइरहेको छ । जगदीश घिमिरेकी पत्नी दुर्गा घिमिरे, जो स्वयम् उत्तम पुरस्कारप्राप्त लेखिका हुन् र जेष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज […]

Continue Reading

नेपाल स्रष्टा समाजको सप्ताहव्यापि कार्यक्रम उद्घाटन सम्पन्न

  १३ पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिने सप्ताहव्यापी कार्यक्रमको उद्घाटन ललितपुरको पाटन सङ्ग्रहालयमा प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराईले गरे । सो अवसरमा पर्या तथा सम्पदा कवि गोष्ठीको आयोजना गरियो । सो गोष्ठीमा कविहरु नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, भीष्म उप्रेती, नरेन्द्रराज पौडेल, विजय हितान, […]

Continue Reading

नेपाल स्रष्टा समाजले १७औं वार्षिकोत्सव सप्ताहब्यापि रुपमा मनाउने

१३ पुस २०८०, काठमाडौं नेपाल स्रष्टा समाज नेपाली साहित्यका साथै नेपालका राष्ट्रिय भाषा साहित्यका सिर्जना, सम्बद्र्धन तथा विकासमा योगदान पुर्यायाउने उद्धेश्यले वि.सं.२०६४ पुस १६ गते स्थापना भएको थियो । २७७ जना स्रष्टाहरु आजीवन सदस्य भएको यस समाजको प्रादेशिक तहमा पनि विस्तार भएको छ । आफ्नो १७ औँ स्थापना दिवसलाई यस बर्ष सप्ताहव्यापी रुपमा पुस १३ […]

Continue Reading