झमक घिमिरेको १४औं कृति “कर्मणा” प्रकाशित

२९ असार २०८०, काठमाडौं “जीवन काँढा कि फूल” आत्मकथात्मक कृतिका लागि विसं २०६७ सालमा प्रतिष्ठित मदन पुरस्कार प्राप्त  झमक घिमिरेको नयाँ कृति “कर्मणा” प्रकाशित भएको छ । यो उनको १४औं प्रकाशित कृति हो । झमकले “कर्मणा” विसं २०७४ देखि २०७८ सम्म लेखिएका आफ्ना भोगाइहरु र विचारहरुको निवन्धात्मक कृति भएको विश्वपरिक्रमालाई बताइन् । लेखनको शुरुवाती क्रममा […]

Continue Reading

स्रष्टाहरु भागिरथी श्रेष्ठ र मञ्जुल सम्मानित हुँदै

२८असार २०८०, काठमाडौं, नेपाल निजामती कर्मचारी संगठन केन्द्रले भानु जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा स्रष्टाहरु भागिरथी श्रेष्ठ र मञ्जुल ‘स्रष्टा सम्मान’ गरिने भएको छ । भानु जयन्ती एवं मनोज –झपेन्द्र –सुरेन्द्र स्मृति दिवस २०८० को सन्दर्भमा हुने उक्त ‘स्रष्टा सम्मान’प्रदान गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । सो अवसरमा खुल्ला कविता प्रतियोगिता कार्यक्रम सम्पन्न हुनेछ […]

Continue Reading

शैलेन्द्र साकारका कविताहरुको अङ्ग्रेजी अनुवाद

२७ असार २०८०, काठमाडौं साहित्यकार शैलेन्द्र साकारका कविताहरुको अङ्ग्रेजीमा अनुदित पुस्तक “सर्पेण्टस् वुण्ट लिसन टू योर पोयम्स” पुस्तक प्रकाशित भएको छ । सङ्ग्रहका कविताहरुको अनुवाद मञ्जुश्री थापा, पद्मप्रसाद देवकोटा, फिलिप पियर्स, शैलेन्द्र सिंह, हरिश अधिकारी, अनुरक्त प्रधान, युयुत्सु शर्मा र प्रमेश केसीले गरेका छन् । पुस्तकमा २० कविताहरु समेटिएका छन् । पुस्तकको शिर्षक कविता “सर्पहरु […]

Continue Reading

कृष्ण धरावासीको “अक्षरको आकाश” प्रकाशित

२५ असार २०८०, काठमाडौं साहित्यकार कृष्ण धरावासीको तीसौं कृति “अक्षरको आकाश”(२०८०) निवन्ध सङ्ग्रह काठमाडौंमा प्रकाशित भएको छ । “राधा” उपन्यासका लागि बिसं २०६२ सालको मदन पुरस्कार प्राप्त धरावासीको यो पाँचौं निबन्ध सङ्ग्रह हो । उनको पहिलो निबन्ध सङ्ग्रह “वालक हराएको सूचना” विसं २०४८ मा प्रकाशित भएको थियो । त्यसपछि उनका “नारीभित्र त्यस्तो के छ हजुर” […]

Continue Reading

‘रमाइला नानी बालसाहित्य पुरस्कार-८०” रामबाबु सुवेदीलाई समर्पण

२३ असार २०८०, काठमाडौं भाषासेवी कृष्णप्रसाद पराजुलीको ८९औँ जन्मजयन्तीको अवसरमा कृष्ण साहित्य सदनले काठमाडौंमा एक समारोहको आयोजना गरी बालसाहित्यमा सक्रिय साहित्यकार रामबाबु सुवेदीलाई ‘रमाइला नानी बालसाहित्य पुरस्कार-८०” गर्यो । पुरस्कारमा रु ११ हजार राशी रहेको छ । कार्यक्रमका प्रमुख अतिथि लेखक तथा वातावरणविद् डा.तीर्थबहादुर श्रेष्ठले सो पुरस्कार समर्पण गरे । सोही अवसरमा साहित्यकार पराजुलीको महाकाव्य […]

Continue Reading

महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७९ पाँच स्रष्टालाई घोषणा

२० असार २०८०, काठमाडौं, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७९ मन्त्री स्तरिय निर्णयानुसार आव २०७९।८० को लागि पाँच स्रष्टाहरुलाई प्रदान गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता सहसचिव केसी हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइए अनुसार कविता।काव्यतर्फ झापाकी भवानी क्षेत्री, निवन्ध।समालोचनातर्फ काठमाडौंका पुरुषोत्तम सुवेदी, गद्य आख्यान।नाटक तर्फ काठमाडौंकै कुमार भट्टराई(शार्दूल भट्टराई) वाल साहित्य।लोक साहित्य […]

Continue Reading

लोकप्रिया पुरस्कार समर्पण समारोह सम्पन्न

असार २३, २०८० गते, काठमाडौं साहित्यिक पत्रकार संघले घोषणा गरेको लोकप्रिया पुरस्कार वितरण सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा एक समारोहको आयोजना गरी समर्पण गर्यो । कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार गणेश रसिकले पुरस्कार हस्तान्तरण गरेका थिए । विसं २०६२ सालदेखि वितरण नभएको सो पुरस्कार २०७९ सम्मको एकसाथ घोषणा गरी एकैसाथ वितरणको कार्यक्रमको आयोजना गरिएको हो […]

Continue Reading

संगीत तथा नाट्य राष्ट्रिय प्रतिभा पुरस्कार २०७९ शान्तिराम राईलाई

२० असार २०८०, काठमाडौं, नेपाल सरकारको राष्ट्रिय संस्कृति तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७९ को मन्त्री स्तरिय निर्णयानुसार संगीतकार तथा गायक शान्तिराम राईलाई विसं २०७९ को संगीत तथा नाट्य तर्फको “राष्ट्रिय प्रतिभा पुरस्कार -२०७९” प्रदान गरिने भएको छ । विसं २०२७ भदौ २३ गते दिक्तेल-७, सोल्मा, खोटाङमा जन्मेका शान्तिराम राईको पहिलो गायन थियो “कसम नखाउ टाढा […]

Continue Reading

ज्ञानमणि नेपाललाई लीलाध्वज साहित्य सम्मान समर्पण

२२ असार, २०८०, काठमाडौं उपन्यासकार लीलाध्वज थापाको १०३ औं जन्मजयन्तीका अवसरमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्यो । सो अवसरमा यसअघि घोषित लीलाध्वज साहित्य सम्मान इतिहासविद् तथा साहित्यकार ज्ञानमणि नेपाललाई कार्यक्रमका प्रमुख अतिथि त्रिविका पूर्व उपकुलपति प्रा.केदारभक्त माथेमाले समर्पण गरे भने प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले दोसल्ला ओडाएर सम्मान गरे । सम्मानमा २५ […]

Continue Reading

योगमाया राष्ट्रिय स्रष्टा सम्मान डा. अरुणा उप्रेतीलाई समर्पण

२२ असार, २०८०, काठमाडौं नेपाल स्रष्टा समाजले असार २२ गते योगमाया दिवसका दिन योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान, तथा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान वितरण कार्यक्रमको आयोजना काठमाडौंमा आयोजना गर्यो । विसं २०८० को योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान डा अरुणा उप्रेतीलाई प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसले समर्पण गरे । त्यस्तै योगमाया न्यौपाने अभियन्ता […]

Continue Reading