“बावऋ” उपन्यास लोकार्पित

१९ साउन २०८१, काठमाडौं काठमाडौंमा भैरहेको किताव जात्रामा उपन्यासकार मिलन सङ्ग्रौलाको उपन्यास “बावऋ” लोकार्पण सम्पन्न भएको छ । पुस्तकको लोकार्पण सगुना शाह, प्रवीण खतिवडा र लेखक स्वयम् समेतले सामुहिक रुपमा गरेका हुन् । किताब बिमोचनसँगै अन्तरसम्बाद समेत गरिएको थियो । “च्याट गर्ल”कथा सङग्रह, “पर्पला” उपन्यास पछि यो उपन्यास उनको तेश्रो कृति हो भने दोश्रो उपन्यास […]

Continue Reading

उत्तम शान्ति पुरस्कार समर्पण

१८ साउन २०८१, काठमाडौं आज श्रावण १८ गते शुक्रबारका दिन एक समारोहका बीच वि.सं २०८० सालको ’उत्तमशान्ति पुरस्कार’ प्रदान गरियो । ’उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ द्वारा गैरआख्यान कृतिमध्ये सर्वश्रेष्ठ कृतिलाई बर्षेनी प्रदान गरिने एक लाख राशी र ताम्रपत्रसहितको “उत्तम शान्ति पुरस्कार २०८०” रोशन शेरचनद्वारा लिखित निबन्धकृति “गल्ली संसार” लाई एक समारोहका वीच कार्यक्रमका प्रमुख […]

Continue Reading

काठमाडौंमा किताब जात्राको आरम्भ

१८ साउन २०८१, काठमाडौं काठमाडौंमा २ दिनसम्म चल्ने किताब जात्राको छैठौं संस्करण शुरु भएको छ । साउन १८ र १९ दुई दिन चल्ने यो किताब जात्रामा पुस्तक बिमोचन, साहित्यका बिबिध पक्षमा बिबिध सत्रहरुमा छलफल तथा पुस्तक प्रदर्शनी समेत भइरहेको छ । किताब प्रबर्धनको उद्देश्यले गरिने यो किताब जात्रा काठमाडौं र नयाँ दिल्लीमा सम्पन्न हुने गरेको […]

Continue Reading

‘विशृङ्खलित सपना’ लोकार्पित

१२ साउन २०८१, काठमाडौं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति वैरागी काईंला तथा लेखकसहित मञ्चासिन अतिथिहरुले अनामनगर काठमाडौंमा आयोजित एक समारोहका वीच कथाकार गोपी मैनालीको कथासंग्रह “विशृंखलित सपना” को लोकार्पण गरे । लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि काइँलाले समालोचक एवम् निबन्धकारले नेपाली वाङ्मयलाई कथा बिधामा पनि कृति दिएकोमा बधाइ दिंदै समाजका विषयबस्तुलाई सरल ढंगबाट प्रस्तुत […]

Continue Reading

“प्रहेलिका” लाई हीमटीका आख्यान पुरस्कार

३१ जुलाई २०२४, वाशिंटन डिसी जेएन दाहाल लिखित उपन्यास “प्रहेलिका” लाई हिमटीका आख्यान पुरस्कार प्रदान गरिने भएको छ । एक हजार एकसय एक अमेरिकी डलरको सो पुरस्कार आगामि १७ अगस्तमा क्यानाडाको विण्डसर, ओन्टारियोमा सम्मपन्न हुने सम्मेलनका अवसरमा प्रदान गरिने साहित्य परिषद भूटानका सचिव खेम रिजाल हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ । प्रत्येक तीन बर्षमा भुटानी स्रष्टाद्वारा […]

Continue Reading

पद्मश्री पुरस्कारका लागि ५ कृतिको छनौट

१५ साउन, २०८१, काठमाडौं खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले बर्षेनी प्रदान गर्दै आइरहेको पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको दोश्रो सूची सार्वजनिक गरेको छ । उत्कृष्ट पाँच छनौटमा परेका पुस्तकहरुमा कृष्ण गौतमको “अद्वैत”, सानु शर्माको “अर्को देशमा”, रोशन शेरचनाको “गल्ली संसार”, कुमार नगरकोटीको “जोगियाना” र गोविन्दप्रसाद कुसुमको भृकुटी” परेका छन् । यी पाँच पुस्तकहरु पहिलो लामो […]

Continue Reading

मदन पुरस्कारका लागि ५ कृतिको छनौट

८ साउन २०८१, काठमाडौं नेपालको जेठो र सर्वाधिक चासो रहने मदन पुरस्कारका लागि मदन पुरस्कार गुठीले ५ कृतिको छनौट गरेको छ । पुर्कारको प्रतिस्पर्धाका लागि प्राप्त ३०४ पुस्तकमध्ये डम्फुको आत्मालाप (भक्त स्याङतान), नुन-तेल (जीवन क्षेत्री), भावलिपि (भावेश भुमरी र प्रणिता चामलिङ), मुकाम रणमैदान (मोहन मैनाली) तथा सन्त्रासका साठी दिन (रोशन थापा ‘नीरव’) छनौटमा परेको गुठीले […]

Continue Reading

आत्म-कथा पुस्तक ‘सूर्यास्त-विम्ब’ लोकार्पण

१५ चैत २०८०, काठमाडौं सूर्यप्रसाद श्रेष्ठ लिखित आत्म-कथा पुस्तक ‘सूर्यास्त-विम्ब’ पूर्वराष्ट्रपति रामवरण यादव तथा मञ्चासिन व्यक्तित्वहरु पूर्व प्रमुख निर्वाचन आयुक्तद्वय नीलकण्ठ उप्रेती तथा भोजराज पोखरेल, वर्तमान प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, प्रा.डा.सुरेन्द्र के.सी., कपिल श्रेष्ठ, गोपालकृष्ण सिवाकोटी, बालकृष्ण प्रसाई, डा. कुशुम शाक्य,स्रष्टा नरेन्द्रबहादुर श्रेष्ठ तथा कार्यक्रम आयोजक संस्था साहित्यिक पत्रकार संघ तथा समारोहका अध्यक्ष राधेश्याम […]

Continue Reading

८८औं वासुशशी जयन्ती सम्पन्न

१३ चैत २०८०, काठमाडौं वरिष्ठ साहित्यकार वासुशशीको ८०औं जयन्ती काठमाडौंमा एक समारोहका वीच उनकााो सम्झना गरी उनका नाममा स्थापित पुरस्काहरुसमेत समर्पण गरी सम्पन्न भयो । सो अवसरमा हालै निधन भएका गायक योगेश वैद्य तथा साहित्यकारहरु कृष्ण जोशी एबम् परशु प्रधानलाई श्रध्दाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा वासुशशी स्मृति प्रतिष्ठानका संरक्षक जुलुम बैद्य तथा कृष्ण सरस्वती […]

Continue Reading

कविडाँडा र सर्वनामको नाट्य विमर्ष

११ चैत २०८०, चितवन चितवनको स्थानिय सकृय संस्था कवि डाँडा साहित्य समाज र काठमाडौंको सर्वनाम थियटरको सहकार्यमा एकदिने नाटक विमर्ष कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रा.डा. सावित्री कक्षपतीले ‘उत्तरवर्ती नेपाली नाटकको विकासक्रम’ तथा डा. अशोक थापाले ‘नेपाली रंगमञ्चमा नाट्यप्रविधिको विकासक्रम : लालटिनदेखि ल्यापटपसम्म’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे । सर्वनाम थियटर काठमाडौंमा सम्पन्न सो […]

Continue Reading