राम ईकवाल मियाँको कतार यात्रा

राजाराम बर्तौला राम ईकवाल मियाँ, जवसम्म पुरै नाम लिईन्न राम ईकवाल मियाँ मुसलमान केटो हो भनेर छुट्याउन सकिन्न । उसलाई छोटोमा बोलाईने नाम राम हो । अर्थात हिन्दु नाम । बाउ आमाले के नामाकरण गरेका थिए कुन्नी समाजले उसलाई राम भनेर बोलाउन थालेदेखि उ राम ईकवाल मियाँ भएको थियो । कहिले काहीं उ आफूले आफैलाई […]

Continue Reading

कथाः रेजिनाले ‘क’ लेखिन्

प्रतिमान सिवा, ओहायो, अमेरिका स्कुल छुट्टी हुने बेला भई सकेको थियो । रेजिनाकी मम्मी अघिदेखि उनैलाई पर्खेर बसिरहेकी थिइन् । रेजिना आज निक्कै खुसी र उत्साहित देखिन्थिन् । ‘हाई मम्मी ‘ । अमेरिकाको नयाँ जीवनशैलीमा रत्तिदै गएका आम नेपाली बाल-बालिका झैँ साबिक अभिवादन गर्दै आमा-छोरी गाडीमा बसे । “छोरी किन आज निक्कै खुसी देखिन्छ्यौ नि […]

Continue Reading

फेसबुक फ्रेण्ड

डा. गोबिन्दसिंह रावत, टोरन्टो, क्यानाडा ​प्रधानजी बेञ्चमा मौन बसी रहेका थिए । उनको चारैतिर आफन्त र मित्रहरु उभिएका थिए । तर भाउजु (श्रीमती प्रधान) भने निरन्तर रोई रहनु भएको थियो । उनलाई ढाडस दिने काम पनि मित्र आफन्तबाट भई रहेको थियो । तर आमाको मन कसरी शान्त रहन सक्छ र ! इञ्जिरियरिङ्ग पढी रहेको एकमात्र […]

Continue Reading

(लघुकथा) अमेरिकी जिन्दगी

आचार्य प्रभा, अमेरिका आमाबाबु उता नेपालमा हर्षबिभोर थिए अमेरिका जाने खुशीयालीमा । यता छोराबुहारी पनि आमाबाबु (सासुससुरा) आउने खुशीमा मक्ख थिए । अमेरिका जाने दिन आइेपुग्यो । बुढाबुढी गमक्क परेर एयरपोर्टतिर लागे।उनिहरुलाई छोराबुहारी,नातिलाई भेट्ने हर्षले आतुर बनाइे रहेको थियो । अमेरिकाको एयरपोर्टमा छोराबुहारी,नाति लिन आएका थिए । पारिवारिक मिलन बडो हर्षोल्लासका साथ भइेरहेको थियो ।अमेरिका […]

Continue Reading

पुत्ला दहन

दिव्य गिरी, काठमाडौं मध्यान्नको समय थियो । सडकमा सवारी साधनहरूको अत्यधिक भीडले गर्दा ट्राफिकलाई सवारी साधनको व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । जेठ महिनाको घाम अत्यन्त चर्को भएकोले बटुवाहरू पसिनाले भिजेका थिए । एउटा गल्लीबाट हातहातमा विभिन्न नारा लेखिएका प्लेकार्ड उठाएर नेता र सरकारविरूद्ध नारा लगाउँदै मानिसहरूको भीड मुख्य सडकमा प्रवेश गर्यो । जुलुसको बीचमा […]

Continue Reading

कस्तो अचम्मको मान्छे !

-विश्वराज अधिकारी, अमेरिका   सन् २०१७ को कुरा हो, महिना भने याद भएन । म लस एन्जलस जान इस्तानबुल एयरपोर्टमा कुर्दै थिएँ। समय दिउँसोको थियो । लस एन्जलसतर्फ प्लेन उड्न पाँच घण्टा जति बाँकी थियो। मसँगै नेपालबाट आएका साथीहरू एयपोर्टमा यताउता घुम्दै थिए । म चेकईन काउन्टरमा बसेर आफ्नो सेल फोनमा नेपाल सम्बन्धी समचार हेर्दै […]

Continue Reading