महेन्द्र पुस्तकालय नेपालगञ्जको नयाँ कार्यसमिति

६ मंसिर २०८२, नेपालगञ्ज नेपालगञ्जको गौरव महेन्द्र पुस्तकालयको नयाँ कार्य समितिको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन परिणामअनुसार अध्यक्षमा बलराम यादव, उपाध्यक्षमा पंकज कुमार श्रेष्ठ, सचिवमा सतिस निरौला, कोषाध्यक्षमा अजय कुमार टण्डन, सह-सचिवमा ललिता उपाध्याय, महिला सदस्यहरूमा पुष्पा सुवेदी तथा चन्द्रावती अधिकारी तथा सदस्यहरूमा श्याम विहारी गुप्ता, विष्णु प्रसाद सुवेदी, मो.आरिफ अन्सारी तथा सुनिल भण्डारी […]

Continue Reading

एकेडेमी र जफाको जेन दर्शन गोष्ठी सम्पन्न

९ मंसिर २०८२, काठमाडौँ नेपाल प्रज्ञा प्रतिष्ठान र जरा फाउन्डेसन, नेपालको संयुक्त आयोजनामा जेन दर्शन र नेपाली साहित्य विषयक एकदिने विचार गोष्ठी सम्पन्न भएको छ । जरा फाउन्डेसन नेपालका अध्यक्ष कृष्ण प्रसाईको अध्यक्षता तथा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त गोष्ठीमा समालोचक महेश पौड्यालले ‘जेन दर्शन र नेपाली कविता : आदिम सम्बन्ध र […]

Continue Reading

मृत्योत्सवको फूल

सामना पहाड, चितवन बोकेर प्रतिज्ञा र आत्मविश्वासका सर्जामहरू बढ्छन् जीवन यात्रा पथमा तिनिहरु ताकेर गन्तव्यको चुली बनेर हनुमान ल्याइदिन्छन् कयौँ पटक प्रतिरोधको पहाडमा अल्झेको मेरो मन खुवाइदिन्छन् प्रेमोखती लगाइदिन्छन् प्रेमको मलम परिस्थितिले उकुच पारेका घाउहरूमा छुपाइदिन्छन् विगतका तिक्त दृश्यहरू बनेर विस्मृतिको सुन्दर पर्दा सँगालिदिन्छन् सुखद स्मृतिपत्रहरू बनेर समयको प्रेमिल एल्बम उघारिदिन्छन् आशाको साँचोले कठिन सँघारहरू […]

Continue Reading

विजय मल्ल शतबार्षिकी विशेष-चार

स्मृतिमा बाँचिरहेका विजय दाइ तेजप्रकाश श्रेष्ठ, काठमाडौं ‘कुन गीत हो तिमीले गायौ अविरल खोँच खोँचबाट झरी प्रतिफल भनन भन है पुलकित सुन्दरीजल ।’ (वि.सं २०००) म जन्मनुभन्दा दुई वर्षअघि नै विजय दाइद्वारा रचिएका सुन्दरीजल कविताले मलाई कुत्कुत्याएकै हो । पाठ्यपुस्तकमा पढेका कविशिरोमणि लेखनाथ पौड्यालको ‘पिंजडाको सुगा’ र महाकवि देवकोटाको ‘यात्री’ कविता आदिले मलाई आकर्षित गरेकै […]

Continue Reading

विजय मल्ल शतबार्षिकी विशेष-तीन

विजयमल्ल दाईलाई सम्झँदै शैलेन्द्र साकार, काठमाडौं यस वर्ष विजयमल्लको पनि जन्म शताब्दी बर्ष पर्दोरहेछ । जन्म पनि १९८२ वि.स.मा कृष्ण चन्द्र सिंह प्रधान संग संगै भएको रहेछ विजय मल्लको । ‘तिमीलाई देख्दा सङलो पानी पिए जस्तो लाग्छ’ जस्ता मर्मस्पर्शी कविताका पिता उनले त्यस पछि “छोरीलाई मानचित्र पढाउँदा” नामक प्रसिद्ध कवितामा विश्व मानवताको शंखनाद गरे । […]

Continue Reading

प्रकाश (लघुकथा )

युवराज मैनाली, काठमाडौं शिशिरको निष्पट्ट निशालाई तुषारोको प्रेमपूर्वक आलिङ्गन गरिरहेको थियो । त्यो निशामाथि विजय प्राप्त गर्न प्रत्येक शयन कक्षबाट एक निलवर्णको अद्भुत प्रकाश प्रकाशित भइरहेको थियो । दीपकबाट उत्पन्न ज्योति जस्तो देखिने त्यो प्रकाशमा न ऊष्मा थियो, न जीवन नै । तर प्रत्येक तह र तप्काका हृदयहरु र त्यो निलो प्रकाशको सम्बन्ध शक्तिशाली चुम्बक […]

Continue Reading

सम्बोधनमा छ‍ोरी र एटलान्टिकका भँगालामा डुबुल्की मार्दा लोकार्पित

४ मंसिर २०८२, काठमाडौं साहित्यिक पत्रकार संघको आयोजनामा कवि किशनसिंह धामीद्वारा लिखित कविता सङ्ग्रह ‘सम्बोधनमा छ‍ोरी’ र डा. हिरण्यलाल ज्ञवालीको समालोचनाकृति ‘एटलान्टिकका भँगालामा डुबुल्की मार्दा’को एक साथ सामुहिक लोकार्पण लोकार्पण सम्पन्न भएको छ । कार्यक्रमको सुरुमा सभापति लेकालीले आमन्त्रित अतिथिहरूको स्वागत गर्दै साहित्यकार किशनसिंह धामीको योगदानको चर्चा गरेका थिए । प्रमुख अतिथि विष्णुविभू घिमिरेले शुभकामना […]

Continue Reading

मृत्यु भय (लघुकथा)

किरण आचार्य, नेपालगन्ज साँझपख घुम्न निस्किदा एकजना वृद्ध व्यक्तिसित कुराकानी गफगाफ हुन लाग्यो | छोटो समयमा नै मबाट निकै प्रभावित भएका उनीसित भेट्दा एकअर्काका कुरा सुन्ने क्रम बढ्यो | हामी दुवै आआफ्ना मनमा गुम्सिएका भाव अभिव्यक्त गर्ने गर्थ्यौं अनि खुशी हुने गर्थ्यौं | आज उनी निकै उदास थिए | मैले सोधें , “बुबा , आज […]

Continue Reading

गल्याङमा देवकोटा काव्य उत्सव सम्पन्न

२९ कार्तिक २०८२, गल्याङ, स्याङ्जा जगत्रदेवी साहित्य सङ्गम, गल्याङ, स्याङ्जाको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको सन्दर्भमा “देवकोटा काव्य उत्सव तथा स्रष्टा सम्मान समारोह” गल्याङ बहुमुखी क्याम्पसको सभाकक्षमा धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार व्यक्तित्व काजी रोशनको प्रमुख आतिथ्यमा सुसम्पन्न भयो । सङ्गमका संस्थापक सदस्य एवम् नवनिर्वाचित अध्यक्ष साहित्यकार चण्डिकाप्रसाद भट्टराईको सभापतित्वमा सुसम्पन्न भएको […]

Continue Reading