मध्यरातको सुनसान गोरेटोमा पोखिएको जून

गोविन्द पौडेल, काठमाडौं हजारौँ पाइलाहरूको अनन्त यात्राभित्र कहिल्यै नपुगिने गन्तव्य सम्झेर बास बसेका चरीको मस्त निद्रा बिथोल्ने कुनै रहर थिएन ! छिर्बिरे पुतलीको पखेटा भाँच्ने इरादा समेत थिएन ! उसकै चिसो मुटुबाट उसैलाई चोरी लाने अठोट पनि थिएन ! घामपानीमा देखिएको सप्तरङ्गी इन्द्रेनीको एउटै रङ अपहरण गर्नै पर्थेन सजल आँखाको इशारा नबुझ्ने लुच्चो पनि थिएन […]

Continue Reading

स्मृति सभामा कृति लोकार्पण तथा स्रष्टा सम्मान 

१४ मंसिर २०८२, काठमाडौं दोलखा जिल्लाका अग्रणी समाजसेवी शिक्षाप्रेमी व्यक्तित्व स्वर्गीय रूक्मणिराज सिवाकोटीको औँ स्मृति दिवस समारोह आयोजना गरियो । सो अवसरमा विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएका सात प्रतिभालाई सम्मान समर्पण समेत गरिएको थियो। सम्मानित हुने सात व्यक्तित्वहरूमा रूक्मणिराज सिवाकोटी स्मृति स्रष्टा सम्मानबाट प्रा.डा.दयाराम श्रेष्ठ,नारायणराज खरेल स्मृति सम्मानबाट पूर्व न्यायाधीश भीमेन्द्रबहादुर कार्की,२०८१ सालको ज्ञानगुन […]

Continue Reading

लघुकथाबारे नौ प्रतिभाका धारणा

राजु क्षेत्री अपूरो (लघुकथा सम्बध्द क्षेत्रका नौ प्रतिभाहरूलाई राजु क्षेत्री अपूरोले सोधेका थिए, “लघुकथा के हो? लघुकथालाई आफ्नो तवरले परिभाषित गर्नु पर्दा के कसरी गर्नुहुन्छ ?” यसका उत्तरहरू संक्षिप्त परिचयसहित प्रस्तुत छ।) लघुकथाको क्षेत्रमा डा .पुस्करराज भट्ट कुनै नौलो नाम होइन।लघुकथामा पहिलो विद्यावारिधी गरेर आफ्नो पहिचान बनाइसक्नु भएका उहाँ नेपाली आधुनिक लघुकथा मञ्च पेजका संस्थापक […]

Continue Reading

कृष्णचन्द्रसिंह प्रधानको सम्झनामा

 होमनाथ सुवेदी, अमेरिका   हातमा घडी गलामा टाइ छ जाने बेला सबैलाई बाई बाई छ । कृष्णचन्द्रसिंह प्रधानको सम्झना गर्दा यी माथिका लोकगीतका हरफ सदा मलाई याद आउँछन् । कृष्णचन्द्रसिंह प्रधान— यौटा लोकगीत गाइदिनुहोस्, सक्नुहुन्छ? त्यसको उत्तरमा मैले माथिका हरफ गाएँ— हातमा घडी गलामा टाइ छ जाने बेला सबैलाई बाई बाई छ । यो गाउँदा […]

Continue Reading

“विविशारा” उपन्यासको विमर्श एवम सिर्जना वाचन

१३ मङ्सिर २०२५, वालिङ, स्याङ्जा उपन्यासकार छवि वैरागी घिमिरेको दोस्रो औपन्यासिक कृति “विविशारा” को विमर्श एवम सिर्जना वाचन समारोह सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३७ औँ पाइलाको रूपमा आयोजना गरिएको औपन्यासिक कृति विमर्श एवम सिर्जना वाचन समारोह पहिलो चरणमा “विविशारा” औपन्यासिक कृतिमाथि […]

Continue Reading

‘दार्चुला : कला साहित्य’ तथा ‘किशनसिंह धामी : व्यक्ति र कृति’को बिमोचन सम्पन्न

२०८२ मंसिर १३, काठमाडौं । नेपाल स्रष्टा समाजको आयोजनामा ‘दार्चुला : कला साहित्य’ र ‘किशनसिंह धामी : व्यक्ति र कृति’को प्रमुख अतिथि नगेन्द्रराज शर्मा, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, कृतिकार नेत्रप्रसाद फुयल र साहित्यकार किशनसिंह धामी, समीक्षकद्वय प्रमोद प्रधान र ड़ा. भरत भट्टराई, साहित्यकारहरु डा. तारा निरौला, पवन आलोक, लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारीलगायतले […]

Continue Reading

पैयुँ र गोगनको सेपमा मुर्झाएको साल : सिमसारा 

गोविन्द  पौडेल, काठमाडौं  सिमसारा भन्ने मूल शब्द हुन्न । सिमसार  हो । सिमसारबाटै सिमसारा उत्पादित हुँदो  हो । सिमसारलाई   कोमलता दिन सिमसारा भनिएको होला । स्त्रीसुलभता हुन सक्ला । प्रतीक हुन सक्ला । शाब्दिक स्वतन्त्रताको  उपभोग  गरिएको  होला । मीठो  छ । उर्वरता, विविधता र सन्तुलनको पर्याय  हो   सिमसार  ।   रसिलो  हुनु  हो सिमसार । […]

Continue Reading

काव्यको टुसो पलाउँदै जावोस झाँगिदै जावोस्

डा. गोविन्द रावत, टोरन्टो क्यानाडामा नेपाली भाषासाहित्य र संस्कृतिप्रतिको जागरण १९९१ देखि शुरु भएको देखिन्छ । त्यस्तै सन् १९९३ बाट शुरु भएको पत्रिका प्रकाशन लाली गुराँसको दुई अङ्कपछि दियालोबाट निरन्तरता पाउँदै गयो । दियालोको प्रकाशनसंगै क्यानाडामा साहित्यिक गतिविध शुरु हुन्छ । यसको सम्पूर्ण श्रेय किरण ढुङ्गालालाई जान्छ । उनको प्रयासबाट शुरु भएको नेपाली संस्था र […]

Continue Reading

सुस्मृतिमा स्रष्टा द्रष्टा कृष्णचन्द्र

अमरकुमार प्रधान, काठमाडौं माता सूर्यमाया देवी र पिता सूर्यप्रसाद प्रधानको कोखबाट ११९२ साउन ११ गते नागपञ्चमीको दिन पैदा भएका कृष्णचन्द्रको प्रारम्भिक नाम गोविन्द थियो । तर साहित्यमा उत्कर्ष भई नाम चलाएका दाजु हृदयचन्द्र सिंहकै नामको सिको लिएर ‘कृष्णचन्द्र सिंह’ कहलाइए । स्मरणीय छः हृदयचन्द्र सिंहको नाम चन्द्रप्रसाद थियो । जो १९७२ मा जन्मेका थिए । […]

Continue Reading

कृष्ण प्रधानको ‘पुरस्कार लुँड्याउनेहरू’ – एक पाठकीय दृष्टिकोण

भाष्कर मैनाली शर्मा, दार्जिलिङ कृष्ण प्रधानद्वारा लिखित ‘लुँड्याउनेहरू’ एक उत्कृष्ट हास्य–व्यङ्ग्य निबन्ध–सङ्ग्रह हो, जुन २०२५ मा समकालीन साहित्य प्रतिष्ठान, बेलायतले प्रकाशित गरेको हो। ग्राफिक प्रिन्टर्स, दुर्गागढी, सिलिगुडीमा मुद्रित यो कृति जम्मा ४८ पृष्ठको भए पनि यसको व्यङ्ग्यको धार अत्यन्त पैनी र गहिरो छ। सात वटा शीर्षकमा समेटिएका निबन्धहरू समाज र साहित्य क्षेत्रमा फैलिँदै गएको भ्रष्टाचारका […]

Continue Reading