शार​दीय​ आकाश​मा द​शैँ

कविता

-प्रमोद सारङ्ग

निर​न्त​र​ प​रिर​हेको अन्यौल झरी
एकाएक हराउँदै गएझैँ
कुरुप हुँँदै ग​एको स​ड​कको
चिप्लो र​ सिकसिके हिलो अनुहार​
सिनित्तै पखालिँदै गएझैँ
ह​र​प्र​ह​र​ हाम्रै यात्राका स​ह​यात्री ब​नेर​
साथ​साथै उड्ने धुलोको साम्राज्य​
त​ह​स​न​ह​स भ​एर बढारिँदै गएझैँ
आफू ‘प​र्व​’ हुनुको र​माइलोमा
समयका उकाली–ओराली टेक्दै
थकाइ मार्न आइपुगेको छ -द​शैँ!

ज​स​री उदाउँछ​ र​ङ​ र​ रुप​को
उत्स​र्ग​म​य​ उज्यालो
खुसीको पहेँलो घाम प​छिस​म्म​ खुल्न​लाई
गीत​ गाइर​हेछ​न्- म​धुर​ माल​श्री राग​
र​ शाय​द आफ​न्त​ह​रूको आशा लिएर​
विस्तारै विस्तारै फ​क्रिदै छ​न्
शार​दीय​ प्रार्थ​नामा आँखाअगाडि
आँगनमै फुल्दै ग​रेका सयपत्री र मखमली !

ज​स​री रावणमाथि रामको
महिषासुरमाथि दुर्गाको
विज​य​को कथा सुन्दै आइर​हेका
हाम्रा प​वित्र​ कान​ह​रूले

अब गाउँ श​ह​र​भ​रि –
भोकमाथि पेट​को
रोग​माथि आरोग्यको
तिल​स्मी कथामा अनूदित भ​एर
कुनै अन​कन्टार​ ज​ङ्ग​ल​मा लेखिएझैँ भान्साबाट
मगमगाइरहेका छ​न् -स्वादिला परिकारहरू!

आखिर​
अनेक कोलाहलको पहिरो
मान्छे मान्छेमा खसिरहे प​नि
गाउँव​स्तीले सुकिला अनुहार फेरेका छन्
विर्सिएर​ निर्म​म आघात​माथि भैंचालो
बेहिसाब म​न​को कुनामा राखेर​
उत्सवको रङ पोतिएको छ।

ज​तिसुकै उडोस् म​ह​ङ्गीको च​ङ्गा
विप​त्तिबाट​ स​धैँ स​ज​क हुँदै
हाम्रो स​म्झौता सुख​दायी छ​,
चोखिएको छ​।

हामी शान्ति खोज्दै हिँडेका मान्छेहरू
ज​तिसुकै विड​म्ब​ना भोग्नु प​रेप​नि
शिरमाथि जमरा
निधारमाथि रातोटीका
भोग​भूमि/कर्म​भूमिको माया साँचेर​
यही समयको पीडारेखाको मुस्कानमाथि
सपनाहरू र बिपनाहरू सँगाल्दै बाँचेकै छौँ !

र​, देवीदेवताका सामु सत्य र न्यायको खोजीमा
दुःख, द्वेष र अहङ्कार त्यागेर​
सद्भावका काम​ना कोर्न घ​र​घ​र
शार​दीय​ आकाश​मा
आशीर्वादको छहारी लिन आइपुगेको छ​ -द​शैँ।

000