७ असोज २०८३, चितवन
कविडाँडा साहित्य समाजले बर्षेनी प्रदान गर्ने “कविडाँडा आख्यान पुरस्कार” वि.सं. २०८२ सालमा प्रकाशित तथा समाजमा पुरस्कार हेतु प्राप्त आख्यतान कृतिहरूमध्येबाट “राजमाता” ईतिहासिक उपन्यासलाई प्रदान गर्ने निर्णय गरिएको कुरा समाजका अध्यक्ष एल.बी.क्षेत्री हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
विज्यप्तिमा भनिएको छ, “”राजमाता’ उपन्यासले एकातिर तत्कालीन समाजमा महिलाप्रति रहेको परम्परागत धारणा प्रस्तुत गरेको छ भने अर्कोरत्फ समय, आवश्यकता र क्षमताले ती धारणालाई चुनौति दिंदै महिलाहरूले राज्य सञ्चालनमा निर्वाह गरेको प्रभावशाली भूमिकालाई पनि सशक्त रुपमा चित्रण गरेको छ । उपन्यासको यस प्रमुख विशेषतालाई नै यसको सशक्त पक्ष भन्न सकिन्छ ।”
नेपाली साहित्यको क्षेत्रमा भएका पुरस्कारहरूमध्ये आख्यानका लागि मात्र पुरस्कृत गरिने यो नै प्रमुख पुरस्कार हो ।
स्मरणीय छ, उपन्यासकार निहारिकाले यसअघि महाभारतमा आधारित पौराणिक उपन्यास “चीरहरण” का लागि पद्मश्री पुरस्कार, सामाजिक अभियन्ता योगमायाको जीवनमा आधारित उपन्यासका लागि “मदन पुरस्कार” प्राप्त गरिसकेकी छिन् ।
