२४ साउन २०८३, चितवन
“कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार” का लागि कविडाँडा साहित्य समाज, चितवनले का लागि आठ कृतिको संक्षिप्त सूची प्रकाशित गरेको छ ।
कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी. क्षेत्री हस्ताक्षरित विज्ञप्ति अनुसार ती आठ कृतिहरुमा अज्ञात (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), तोरकीन (क्षितिज समर्पण), महायुग (सीमा आभास), राजमाता (नीलम कार्की निहारिका), सत्यम् (लक्ष्मण वियोगी), सलह (श्रवण मुकारुङ) र सूतपुत्र (शंकरप्रसाद गैरे) रहेका छन् ।
बिज्ञप्तिमा जनाइएअनुसार यी ८ कृतिहरूमध्येबाट अब ३ कृतिको सूचि प्रकाशित गरिनेछ र त्यो तीन कृतिमध्ये एक कृति पुरस्कृत हुनेछ ।
०००
