१५ साउन २०८३, काठमाडौं
पद्मश्री पुरस्कारका लागि खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले संक्षिप्त सूचि सार्वजनिक गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सार्वजनिक गर्नुभएको विज्ञप्ति अनुसार छनौटमा परेका पाँच कृतिहरूमा क्षितिज समर्पणको तोरकिन, सीमा आभासको महायुग, डा.नवराज केसीको स्वस्पर्श, श्रवण मुकारुङको सलह तथा नदीशको हिउँद परेका छन् ।
यसअघि लामो सूचिमा पन्ध्र कृतिहरू परेका थिए, त्यसमध्येबाट यो पाँच कृति छनौटमा परेको हो । यी पाँच कृतिमध्येबाट एक कृतिले चार लाख राशीको पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्नेछ ।
०००
