१० साउन २०८३, काठमाडौँ ।
विवेक शर्मा “मेरो अमेरिका यात्रा” नियात्रा पुस्तक प्रमुख अतिथि साहित्यकार युवराज ज्ञवाली, विनयकुमार शर्मा नेपाल लगायत् , डा. दामोदर रेग्मी , त्रिलोचन ढकाल , डा. बम बहादुर थापा जिताली , खेमराज पोखरेल , लता के. सी. , शेखर अर्याल , ज्ञाननिष्ठ ज्ञवाली र कृतिकार गौतमले सामुहिक रुपमा विमोचन गरे ।
विमोचनपश्चात विमोचित कृतिको समीक्षात्मक टिप्पणी गर्दै समीक्षक शेखर अर्याल ` शेतिक´ले कृतिकारको लेखन शैली र विकासमाथि चर्चा गर्दै कृतिभित्र समेटिएका २५ वटा शृङ्खलाहरूमा नियात्राकार गौतमले यात्राको घटनाहरूमा सुक्ष्मरुपले चित्रण गरेको , कौतहूल र जिज्ञासापूर्ण लेखन , सरलताभित्र विशिष्टताले मन छुने लेखन रहेको बताए ।
अर्का समीक्षक ज्ञाननिष्ठ ज्ञवालीले नियात्रासङ्ग्रहमाथि समीक्षा गर्दै अमेरिका यात्राको घटना र अनुभूति पोख्दै गर्दा लेखक स्वयम् नेपाल पुगेको अनुभूति रोमाञ्चक रहेको बताए ।
शुभकामना मन्तव्य दिने क्रममा डा. दामोदर रेग्मीले लेखकको साहित्यिक यात्राको प्रशंसा गरे ।
कृतिको समीक्षात्मक चर्चा गर्दै साहित्यकार ध्रुव मधिकर्मीले लेखकको सिर्जनात्मक विकासक्रम उल्लेख गरे ।
साहित्यकार खेमराज पोखरेलले ‘मेरो अमेरिका यात्रा’लाई स्तरीय नियात्राका रूपमा मूल्याङ्कन गरे।
साहित्यकार लता केसीले लेखकको साहित्यिक यात्राको चर्चा गर्दै विवेक शर्मा गौतम बालसाहित्य तथा लघुकथामा हुँदैअहिले नियात्रा विधामा उहाँको प्रवेश सुखद् र उत्साहजनक रहेको बताइन् ।
नियात्राकार गौतमले लेखकीय मन्तव्य प्रस्तुत गर्ने क्रममा कृतिप्रकाशनको गर्भबारे प्रकाश पार्दै उपस्थित सबैप्रति आभार व्यक्त गरे ।
प्रमूख अतिथि ज्ञवालीले कृतिकार गौतमसंगको अन्तरसम्बन्ध केलाउँदै उहाँले अमेरिकाको उज्यालो पक्षलाई महत्व दिएर प्रकाशन भएको नियात्रासङ्ग्रहका लेखक गौतम एउटा असल नागरिक भएको बताए ।
कार्यक्रमका सभाध्यक्ष विनय कुमार नेपालले कृति प्रकाशन र विमोचन समेत गर्ने अवसर प्रदान गरेकोमा खुसी प्रकट गरे ।
हाम्रो लघुकथा केन्द्रका सदस्य वन्दना घिमिरेले सञ्चालन गरेको सो कार्यक्रममा नियात्राकार विनोद नेपालले अतिथिहरूलाई स्वागत गरेका थिए ।
०००
