अच्युतरमण अधिकारी साहित्यिक पत्रकारिता सम्मान लाकोजूलाई

समाचार

१६ चैत २०८२, काठमाडौं

वरिष्ठ साहित्यिक पत्रकार तथा उन्नयन त्रैमासिकका संस्थापक प्रधान सम्पादक अच्युतरमण अधिकारीको योगदानको उच्च मूल्याङ्कन गरी ज्ञानगुन प्रकाशनले उहाँको स्मृतिमा स्थापित “अच्युतरमण अधिकारी स्मृति साहित्यिक पत्रकारिता सम्मान” पहिलोपटक पनौतीबाट प्रकाशित हुने “अक्षरमार्ग” साहित्यिक पत्रिकाका सम्पादक सूर्यप्रसाद लाकोजुलाई प्रदान गरिएको छ ।
नेपालका विशिष्ट विद्वान धनबज्र बज्राचार्यको ९५औं जनमजयन्तीका अवसरमा आयोजित कार्यक्रममा लाकोजूलाई सम्मान गरिएको हो ।
सो अवसरमा ज्ञानगुनका कुराःअच्युतरमण अधिकारी अङ्क-१ को विमोचन समेत गरिएको थियो । सो अङ्कमा साहित्यकारहरू गोविन्द गिरी प्रेरणा, कृष्ण प्रधान, प्रमोद प्रधान, प्रा.डा. बन्धु कोइराला”खेकोव”, रमेश तूफान, लक्ष्मी उप्रेती, पोष चापागाईं, भागिरथी श्रेष्ठ, सुरेन उप्रेती तथा ज्ञानेन्द्र विवसका अच्युतरमण अधिकारी विषयक रचनाहरू रहेका छन् ।

०००