जगदीश स्मृति पुरस्कारको घोषणा

मुख्य समाचार

 पुस २०८२, काठमाडौं

जगदीश घिमिरे प्रतिष्ठानले प्रत्येक बर्ष प्रदान गर्दै आइरहेको ५१ हजार नगद राशीको “जगदीश घिमिरे स्मृति पुरस्कार” को वि।स. २०८१ तथा २०८२ को घोषणा गरेको छ।
जस अनुसार २०८१ सालको साहित्यकार मीना चौलागाईंलाई तथा २०८२ सालको पवन आलोकले सो पुरस्कार पाउने भएका छन् ।
सो पुरस्कार माघ महिनामा अर्पण गरिने जनाइएको छ ।
स्मरणीय छ, यो पुरस्कार यसअघि मनु ब्राजाकी, रोचक घिमिरे, डा. सन्दुक रुइत, ध्रुव सापकोटा तथा माधव काफ्लेले प्राप्त गरिसकेका छन् ।