हेम्जा साहित्य महोत्सवमा लघुकथा सत्र

समाचार

मंसिर १९, २०८२, हेम्जा, पोखरा

`हेमजा साहित्य महोत्सव -२०८२´ को पहिलो दिन लघुकथा सत्र आयोजना गरियो ।
सो लघुकथा सत्रमा लघुकथा प्रतिष्ठान पोखराका सल्लाहकार लक्ष्मण थापा , अध्यक्ष कल्याण पन्त , उपाध्यक्ष गीता तिवारी , हाम्रो लघुकथा केन्द्र नेपालका द्वय व्यबस्थापक इन्दिरा चापागाईँ , शुभ शर्मा र लघुकथा प्रतिष्ठान , नेपालका व्यबस्थापक एन्जेल निलुलाई मञ्चमा आशन ग्रहण गराइएको थियो ।
तनहुँका लघुकथाकार टुकादेवी पौडेल आचार्यले सञ्चालन गरेको लघुकथाको सो कार्यक्रममा मञ्चासिन व्यक्तित्वहरूले आफ्ना लघुकथा वाचन गरेका थिए । सञ्चालक आचार्यले लघुकथा गान बजाएर कार्यक्रमको सुरू गरेका थिए भने माहौल तताउने अभिप्रायले अन्त्यमा आफ्नो लघुकथा वाचन गरेका थिए ।