एकदिने संगोष्ठीमा नवीन पौड्यालको सर्जकवृत्त पुस्तकको लोकार्पण

मुख्य समाचार

६ डिसेम्वर २०२५, कालेबुङ

नेपाली साहित्य अध्ययन समिति कालेबुङको हीरक वर्ष जयन्ती समारोह अन्तर्गत “नेपाली साहित्यको विकासमा नेपाली साहित्य अध्ययन समिती कालेबुङको योगदान” विषयक एकदिने संगोष्ठी सम्पन्न भयो। सोही कार्यक्रममा नवीन पौड्यालको नवौं समालोचना पुस्तक ‘सर्जकवृत्त’ को पनि विधिवत् लोकार्पण भयो।
नेपाली साहित्यको विकासमा नेपाली साहित्य अध्ययन समितिको योगदान अन्तर्गत जम्मा संगोष्ठी पत्रहरु प्रस्तुत गरिएका थिए। नेपाली नाट्यसाहित्यको विकासमा नेपाली साहित्य अध्ययन समितिको योगदान विषयमा प्रा दिपेश लामा, नेपाली कथा साहित्यको विकासमा नेपाली साहित्य अध्ययन समितिको योगदान विषयमा प्रा अजय लामा, नेपाली समालोचना साहित्यको विकासमा नेपाली साहित्य अध्ययन समितिको योगदान विषयमा प्रा धनबहादुर मगर, नेपाली साहित्य अध्ययन समितिद्वारा आयोजित साङ्गीतिक कार्यक्रम विषयमा अरुण कुमार रसाइलीले गोष्ठीपत्र प्रस्तुत गरे। प्रथम सत्रका सत्राध्यक्ष ज्ञान सुतार थिए भने विशेष अतिथिका रुपमा डा. परसुराम पौड्याल रहेका थिए। प्रा. दिपेश लामाले आफ्नो पत्रमा नेपाली एकाङ्की नाटक प्रतियोगिता नाट्यचर्चा कार्यक्रम, नाट्य पुस्तक, साहित्य संकेतमा नाटक प्रकाशन, नाट्यसमालोचना, नाटककार-नाट्यकलाकारहरुलाई सम्वर्द्धना जस्ता विषयमा प्रकाश पारे।
सो कार्यक्रममा विमोचित कृति “सर्जकवृत्त”बारे समालोचक डा. इन्द्रबहादुर छेत्रीले नवीन पौड्यालको समालोचना पुस्तकका एकेकवटा लेखहरुबारे चर्चा गर्दै ओझेलमा परेका चर्चा गर्नुपर्ने बाइसजना लेखकहरुको योगदान उल्लेख गरेको कुरा व्यक्त गरे। उनले भने, “यस पुस्तकमित्र ‘सन्त ज्ञानदिल दासलाई फेरि उभ्याउने उपक्रम’ पहिलो अध्यायमा समावेश रहेको छ भने बाइसौं अध्यायमा ‘नेपाली संस्कृति विशेषज्ञ डा. वीणा पौड्याल’ रहेको छ। अतः यस कृतिभित्र जम्मा २२ वटा शीर्षकरुपी समीक्षात्मक जीवनीपरक कृति विश्लेषणात्मक लेखहरु रहेका छन्। यस पुस्तक पुस्तकालयको निम्ति संग्रहणीय रहेको छ भने विद्यार्थीवर्ग र साहित्यमा चासो राख्नेहरुका निम्ति त खूबै उपयोगी बनेको छ”
यस पुस्तकमा ज्ञानदिलदास, पारसमणि प्रधान, नरबहादुर दाहाल, छविलाल उपाध्याय, राजेन्द्र सुवेदी, सचेन राई दुमी, नव सापकोटा, राजेन्द्र भण्डारी, अविनाश श्रेष्ठ, डा वीणा पौड्याल, गोविन्द गिरी प्रेरणा, समशेर अली, डम्बर दाहाल, सि के श्रेष्ठ, सीताराम काफ्ले, चुनीलाल घिमिरे, मुक्ति उपाध्याय बराल, हरि ढुङ्गेल, पुजा उपाध्याय, कृष्ण बजगाईं, जनार्दन उपाध्याय, नैना अधिकारी गरी जम्मा बाइसजना सर्जकहरूको व्यक्तित्व र कृत्तित्वको मूल्य़ाङ्कन अनि समीक्षण गरिएको छ। उक्त पुस्तकबारे शरद प्रधानले पनि विभिन्न पक्षको उल्लेख गरेका थिए।
यसै गरी डा. इगम खालिङको निबन्धसङ्ग्रह “भित्ता” पुस्तकको पनि विधिवत् विमोचन सम्पन्न भयो । साथै मदन पुरस्कार प्राप्त गरेकामा कालिम्पोङ आख्यानकार छुदेन काबिमोलाई पनि समितिले दोसल्लासहित सम्मानपत्र प्रदान अभ्यर्थना पनि सम्पन्न गर्‌यो।
अरुण कुमार रसाइलीले पनि आफ्नो शोधपत्र नेपाली सांस्कृतिक विकासका निम्ति नेपाली साहित्य अध्ययन समिति कालेबुङको योगदान विषयमा गहन अध्ययन प्रस्तुत गरे। समिति अब नेपाली साहित्यको धरोहर बनिसकेको छ। यसले धेरै कलाकार जन्माउँदै सांगीतिक कार्यक्रम गरिरहएको छ। विद्यार्थीमा कविता, नाटक लोकगीत आधुनिक गीत आदि प्रतियोगितामूलक कार्यक्रम सम्पन्न गरेर धेरै अवसर र परिवेशको सिर्जना गरेको छ। यस विषयमा समितिका मूलसचिव बलभद्र शर्माले रसाइलीको पत्रबारे केही स्पष्टीकरण राखे। दीपा गहतराज मनिला सोताङ योगेन्द्र घतानी आदि जन्माएको थियो। कालेबुङका धेरै सफल नाटककार अभिनेताहरुलाई समितिले जन्माएको कुरा उल्लेख गरे। प्रथम सत्रका अध्यक्ष ज्ञान सुतारले पनि नेपाली साहित्य अध्ययन समितिको योगदानलाई विभिन्न कोणबाट विचार प्रकट गरे।
मुख्य अतिथिको आसनबाट डा अन्जना राईले नेपाली साहित्य अध्ययन समितिले आयोजना गरेको तर्क प्रतियोगिता कविता वाचन प्रतियोगिता र अन्य विविध कार्यक्रमको उल्लेख गरेर समितिको प्रसंशा गरिन।
संगोष्ठीको दोस्रो सत्रका अध्यक्ष कुमार छेत्री विशेष अतिथि फानुस सादा थिए।
काठमाडौबाट आएका विशिष्ट अतिथि शरद प्रधानले आफ्नो सम्बोधनमा नेपाली साहित्य अध्ययन समितिको ‘साहित्य संकेत’मा धेरै साहित्यकार जन्माएको, काठमाडौका ‘रुपरेखा’ जस्तो पत्रिकामार्फत कालेबुङका केही कवि -लेखकहरुलाई स्थान दिएको थियो। उनले नेपाली साहित्य र भारतीय नेपाली साहित्यकारको योगदानबारे चर्चा गरे।
यस कार्यक्रमको सभापति जोग चामलिङ र मुख्य अतिथि डा अन्जना राईका साथै विशिष्ट अतिथिका रुपमा कार्यक्रमको सञ्चालन दीप छेत्रीले गरेका थिए । अन्तमा सभापति जोग चामलिङले सभापतीय वक्तव्यका साथै धन्यवाद प्रकट गरेका थिए ।
कार्यक्रमको सभापति जोग चामलिङ र मुख्य अतिथि डा अन्जना राईका साथै विशिष्ट अतिथिका रुपमा काठमाडौका समालोचक शरद प्रधान अन्य अतिथिहरुमा सुमन बागदास, हीरा छेत्री, श्रीमति सोफिया थापा, डा परसुराम पौड्याल, फानुस सादा, श्रीमती दीपारानी ठकुरी, छुदेन काबिमो, श्रीमती राज्यलक्ष्मी लिगल, टीका भाइ आदि रहेका थिए।
कार्यक्रमको स्वागत वक्तव्य समितिका मूलसचिव बलभद्र शर्माले राखेका थिए।