कृष्णचन्द्रसिंह प्रधानको सम्झनामा

गद्य विविध

रजनी श्रेष्ठ, भर्जिनिया, अमेरिका

मेरो बालापनको धमिलो याद ताजा भएर आयो । मेरो मनमस्तिकमा उहाँको स्मृती बल्झियो। उहाँ मेरो गुरु हुनुहन्थ्यो, नेपाली बिषय पढाउनु हुन्थो । उहाँको क्लासमा हामी सबै सजग भएर बस्थ्यौं । उहाँले पढाउनु हुँदा हामी सबै ध्यान दिएर पढ्थ्यौं।उहाँको पढाउने तरिका बैग्लै थियो। राम्रो राम्रो तर्क दिएर लेखाउनु हुन्थ्यो । त्यस समयमा स्कुलबाट घर, घरबाट स्कुल भने जस्तै मेरो दिन चर्या थियो । कृष्णचन्द्रसिंह प्रधानले पढाउनु भएको नेपाली र रोक्का सरले पढाउनु भएको कविता बिषयमा घरमा पनि बुबासँग छलफल गर्थें । दिन चर्या जस्तै थियो । स्कुलमा भएको कुराहरु बुवालाइ भन्ने मेरो बानिनै थियो । एक दिन कृष्ण चन्द्र सरले पढाउनु भएको ‘पेट’ भन्ने निबन्ध वारे बुबालाई भनें । बुबा मुस्कराउनु भयो। ए मेरो कलेजको साथि हो भन्नु भयो । उहाँको दाजु हृदयसिह प्रधानलाई पनि चिन्छु, सबै परिबारलाइ चिनेको जस्तै गरेर बुबाले कुरा गर्नु भएको मेरो मन मस्तिकमा ताजै छ।
त्यो घटना समयसँगै बिर्सदै गएको थियो । त्यसवेला हृदयचन्द्र सिंह हुनु हुन्न थियो । मेरो बुबाको नाम लिला कृष्ण श्रेष्ठ भए पनि उपनाम -“राज भाई” भन्ने गर्थे । ठुलाले राजभाई, सानोले राजदाई भन्ने गर्थे ।उहाँ पनि यस दुनियाँमा हुनु हुन्न । अकस्मात मस्तिकघात भएको दुई तिन दिन भित्रै संसार छोडेर जानु भयो। धेरै बर्ष वितिसक्यो । यस्तै छ जीन्दगीका कथा ब्यथा।
कृष्णचन्द्र सरले पढाउनु भएको नेपाली क्लासमा एक चोटी नानीहरु तिमिहरु सबै सँग ‘पेट’ छ । त्यसको बारेमा निबन्ध लेख्नु है भन्नु भयो । सरले हामीलाई लेख्नमा कस्को तिखो बुद्धि छ भनेर जाँच्नु भएको रहेछ । हामीलाई थहा भएन । किताबमा पनि त्यस सम्बन्धि केही लेखहरु थिएन।के लेख्ने के लेख्ने भयो। तै पनि सरले भन्नु भएकोले आफ्नो पेटलाई छाम्दै लेख्न थाले। भोक लाग्ने कुरा देखि खाने कुरा सम्मको वयान गरियो तर जुन भाबनात्क सैली उहाले खोज्नु भएको हामी कसैले पनि क्लासका साथीहरुले ब्यक्त गर्न सकेनौं । भोलि पल्ट सबैको कापी पल्टाएर हेर्नु भयो अनि मुसुक्क हाँस्नु भयो । लाटीहरु तिमीहरुलाइ मैले अर्कै तरिकाबाट लेख्नलाई प्रयास गरेको हो तर यथार्थ कुरा आएन । लौ सुन भन्नु भयो, जे जति हामी दुःख गर्छौं पेटकै लागि त हो नि । पढिसकेपछि कमाउने, कमाएर पेट पाल्ने । हैन त? किन कि खाना खाएन भने काम गर्न सक्दैन । काम गर्न नसके पछि पैसा आउँदैन । पैसा नआए पछि पेटमा खाना पठाउन पाउँदैन । सबै चिज गर्ने गराउने यहि पेटको लागि त हो नि ! जे जति कर्म गरिन्छ पेटमा भोक मेटाउनकै लागि गरिन्छ । भगबानले पेट नराखि दिएको भए कसैले दुख गर्नु पर्दैनथो। सबै स्वतन्त्र खुशी खुशी आनन्दसँग घुम्न पाउँथे। जेजति गरेकोछ सवै यो पेटकै लागि त हो नि। यो अचम्मको पेटको सृष्टि विहान नास्ता खोज्छ , फेरि खाना चाहिन्छ , दिउँसो खाजा खान पर्यो , राती सुत्न अगाडि फेरि खाना खान्छौं र केही समय पछि सुत्छौं।
यो पेट समय समयमा खाना खुवाईरहनुपर्ने एककिसिमको खानेकुराले भरिरहनुपर्ने कारखाना जस्तै छ । मान्छे हरपल पेटकै लागि ब्यस्त छ । भगवानले मनुष्यलाई सवै वनाईदियो । सवै राम्रो छ । तर यो पेट नवनाई दिएको भए हुन्थ्यो। कसैले दुःख गर्नु पर्दैन थियो। जीवन स्वर्ग हुनेथियो रमाईलो गरेर जीवन विताउने थियो। मानौं सुखको खेतीनै हुन्थ्यो जीवन। जीवको लागि पेटनै हो कर्म गराउने भारी वोकाउँदै खेतिगराउने मुख्य तत्वनै पेट। यो पेट नभएको भए कस्तो आनान्दसंग जीवन विताउन पाँउथ्यो भन्ने तर्क गर्नु हुँदा हामीले सोच्नै सकेका थिएनौं यस सम्वन्धमा ज्ञानै थिएन। वास्तवमा साँचै हो रहेछ जस्तो लाग्यो । क्लासमा सुनसान वातावरण थियो । सरले हँसिलो पाराले भन्दै जानुभयो । सबै मन्रमुग्ध भएर सुनिरहेका थियौं। सरको ध्यान हामीलाई वुझाउने वाक्यमा मात्र केन्द्रित थियो, चुपचाप सवैले सरको हँसिलो अनुहारले पढाईरहनु भएको, हामी मख्ख भएर सुनिरहेका थियौं । त्यसै वेलामा घण्टी वज्यो क्लास सकिएको जानकारी विद्यार्थीमा भयो।
अकस्मात आज गोबिन्द गिरी प्रेरणाज्यूको फेसवुकमा कृष्णचन्द्रसिंह प्रधान सरको फोटोले बालस्मृतिको याद झलझली मनमा घुम्न थाल्यो। वहाँको क्लासमा हामी सवैलाई मनपर्ने, ध्यानदिएर सुन्ने साथै वहाँले बुझ्ने गरेर पढाउने त्यो समयमा मानौं आफु अन्त कतै मन नभागी त्यसै बिषयको रंगमंचमा हराएका हुन्थ्यौं । त्यसैले सवैको मनपर्ने सर हुनुहुन्थ्यो । त्यो समयको बालापन कत्ति आनन्दको थियो । बसेको छ त्यो बाल्यकालको सम्झना भित्र। कृषणचन्द्रसिंह प्रधान सरलाई हृदय देखी हार्दिक समवेदना !

०००