जेठ २०८२, ललितपुर ।
चेतन कार्की स्मृति समाजले वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद् एवं गीतकार चेतन कार्कीको चौथो स्मृति दिवस एक कार्यक्रमको आयोजना गरि मनायो ।
चेतन कार्की स्मृति समाजकी अध्यक्ष वरिष्ठ नायिका मिथिला शर्माको सभापतित्वमा आयोजित सो कार्यक्रममा संस्थाका सदस्य एवं साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले चेतन कार्कीको योगदानको चर्चा गर्दै कार्कीका रचनाहरु वाचन गर्दै कार्यक्रमको सहजीकरण गरेका थिए ।
कार्यक्रममा संस्थाकी संरक्षक श्रीमती गंगा कार्की, चर्चित फिल्मी कलाकारहरू शिव श्रेष्ठ, रविन्द्र खड्का, गायक दिवाकर खड्का, सल्लाहकार डा. खगराज बराल, संस्थाका उपाध्यक्ष एवं चलचित्र कलाकार संघका अध्यक्ष सर्जक मोहन निरौला, कोषाध्यक्ष पंकज कार्की, संस्थाका सदस्यहरु सुवासचन्द्र ढुंगेल र दिव्य गिरी लगायतले चेतन कार्कीको योगदानबारे आआफ्ना धारणा राखेका थिए ।
०००
