बाह्रखरी कथा पुरस्कारका लागि छानिए पचास कथा

मुख्य समाचार

१३ कार्तिक २०८३, काठमाडौं

प्रथम पुरस्कार दुई लाख नगद राशी प्रथम पुरस्कार भएको “डिगो बाह्रखरी कथा प्रतियोगिता” को २०८३ सालको आठौं संस्करणको प्रतियोगिताका लागि प्राथमिक चरणमा ५० कथाको छनौट सम्पन्न भएको छ ।
बाह्रखरी मिडियाले जानकारी गराए अनुसार छनौट भएका ५० कथाका कथाकारहरूमा अनुप तमु, बद्री अधिकारी, सुयोग ढुंगेल, रामकृपाल महतो, वसन्त बायुङ राई, डा. सुरेन्द्र गैरे, संस्कार चापागाईं, सपना अधिकारी, गरिमा आचार्य, अमित घिमिरे, चेवन शर्मा, दीक्षित केसी, अनिता कोइराला, सुधन सुवेदी, कुशल गौतम, मधुर भट्टराई, ममता राई, प्रकाश राई, डा. सायुज्यराज घिमिरे, निर्मल ढुंगाना, प्रकाश घिमिरे, ममता कुमारी गुप्ता, कान्ति न्यौपाने, सरस्वती सरस, मसान उपासक, अपेक्षा कार्की, डी.के. विरही, प्रवीण याम्फु, सुमन भण्डारी, सुरज महतो, अजित आचार्य, कृषा दाहाल, पारसप्रकाश नेपाल, ईश्वरी मरहट्टा, वसन्ती श्रेष्ठ, श्रेयज सुवेदी, रजनी ढुंगाना, उमेश अविरल, चेतनाथ आचार्य, दीपेन्द्र विष्ट, राकेशकुमार वर्णवाल, आशिष श्रेष्ठ, रबर्ट जोशी, खेमराज सापकोटा, राजेन्द्र तारकिणी, युवराज भट्टराई, छ्योतिन शेर्पा, दिपेश राई, खुपेन सुनुवार र नन्दबहादुर रोकाया रहेका छन् ।
सो कथा प्रतियोगिताका लागि नेपालका अतिरिक्त भारत, चीन, यूएई, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्ड, साइप्रस, कुवेत, साउदी अरब, इजरायल, कम्बोडिया, इन्डोनेसियालगायत मुलुकमा रहेका १२२९ कथाकारहरूले कथा सामेल गरेका थिए ।
यी छानिएका ५० कथाहरूमध्येबाट बरिष्ठ साहित्यकार भुवन ढुंगानाको संयोजकत्वमा साहित्यकार डा. ज्ञानु अधिकारी र लेखक तथा चलचित्रकर्मी खगेन्द्र लामिछानेसहितको मूल निर्णायक समूहले ‘उत्कृष्ट २५’ कथा छनोट गर्नेछ तथा प्रथम, दोश्रो तथा तेश्रोको घोषणा पुरस्कार वितरण समारोहमै गरिने परम्परा रहेको छ ।
कथा प्रतियोगितामा प्रथम दोश्रा तथा तेश्रा हुनेले क्रमसः दुई लाख, एक लाख तथा साठी हजार र ट्रफी प्राप्त गर्नेछन् भने २२ उत्कृष्ट कथाकारहरूले जनही सात हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् र उत्कृष्ट कथाहरूको सङ्ग्रह निजि क्षेत्रको अग्रणी प्रकाशक फाइन प्रिन्टले प्रकाशन गर्नेछ ।
स्मरणीय छ, प्रथम पुरस्कार एक लाख राशीबाट सुरु भएको यो पुरस्कार नेपाली साहित्यको यसप्रकारको सर्वाधिक राशी भएको पुरस्कार हो ।
बाह्रखरी मिडियाका आन्तरिक मूल्याङ्कन समितिका संयोजक गोविन्द अधिकारी रहेका छन् ।

०००