आज फेरि तिम्रो याद आयो

कविता

सीके पराजुली

 

तिम्रो त्यो जवानीमा सुहाएको

त्यो मुस्कानको याद आयो

झर्ना जस्तो तिम्रो कपाल

अनुहार भरी फिंजाएर

हांसेको याद आयो

आज  फेरी  तिम्रो  याद आयो ।

 

तिमीसगै हिंडेको

गोरेटोको याद आयो

थकाई  मार्ने  नीहुमा

चौतारीमा  बसेको याद आयो

उकालीको चौतारीमा बितायको

समयको याद आयो

 

तिर्खा  मेट्ने नीहुमा

कुवाको  पानीले  छ्यापेको याद  आयो

आज  फेरी  तिम्रो  याद आयो

 

तिमीले  बुनेर  दिएको

त्यो  जाली  रुमालको  याद  आयो

प्रेमपूर्वक तिम्रा  ति  कोमल  हातले

अंगालो हालेको  याद  आयो

मेलापात गरेका

ती दिनहरूको याद  आयो

प्रेम पूर्वक तिम्रा ती कोमल  हातले

ॲंगालो हालेको  याद आयो

आज फेरि तिम्रो  याद आयो ।

 

यी आँखाले तिम्रो  फोटो

खिचिसकेको  याद  आयो

यो दिल  भरी तिम्रो तस्बिर

छुपाइ राखेको  याद  आयो

 

तिमीलाई  नहेरी बनाएको

तिम्रो  तस्बिर  याद आयो

तिमीसॅंग नभेटि

तिम्रो  हालखबर भनेको याद  आयो

आज फेरि  तिम्रो  याद आयो

 

गुन्द्रीमाथि  बसेर  सँगसंगै

होम वोर्क गरेको याद आयो

एकोहोरो  टोलाएर

नजर  लगाएको याद  आयो

तिमीले  खित्का  छोडी  हाँस्दै

चिमोटेको  याद  आयो

आज फेरी  तिम्रो  याद आयो |

 

कुरैकुरामा आँखाभरी छ्चल्केको

तिम्रो आसुको याद आयो

लज्जाले कापिरहेका

तिम्रा  ओठहरुको याद आयो

न तिमी चाहंथ्यो छुट्न मसग

न म नै चाहन्थें बिदा हुन

नयन नझीम्काइ मलाई

टोलायर हेरिरहेको याद आयो

आज फेरी तिम्रो याद आयो

आज फेरी  तिम्रो बेस्मारी याद आयो  ।

॰॰॰

 

 कवि परिचयःसिके पराजुली नेपाल कास्कीको चापकोट निर्बाने (पोखरा) मा जन्मिएर लामो समयदेखि अमेरिकाको एटलाण्टालाईकर्मभूमि, सिर्जन भूमि वनाइरहेका छन् । व्यवसाय र समाजसेवामा अग्रणी उनी आफ्ना भावनालाई कविताको माध्यमवाट पनि पोख्नरूचाउंछन् ।

 

Leave a Reply