अमेरिकामा टिपिएस

Uncategorized

विश्वपरिक्रमा डेस्क

संयुक्त राज्य अमेरिकाले विभिन्न मुलुकबाट अमेरिका पुगेका तर प्राकृतिक विनाश वा अपरिहार्य संकटका कारण स्वदेश फर्कन नसकिने ठानेमा मानवियताको आधारमा टेम्पोररी प्रोटेक्टेड स्ट्याटस अर्थात् टिपिएस दिने गर्दछ ।
यसरी टिपिएस प्राप्त गरेका ब्यक्ति सोही हैसियतमा टिपिएस सकृय रहेको अवधिमा आफ्नो मुलुक गएर पारिवारिक भेटघाट गरेर अमेरिका पुन: फर्कन वाधा हुँदैन । अमेरिकामा कानूनी रुपले बस्न र काम गर्ने अनुमति प्राप्त हुन्छ ।
नेपालमा पछिल्लो पटक गएको विनाशकारी भूकम्प पश्चात् नेपालीले पनि सो सुविधा पाएका छन् र त्यो सुविधा निरन्तर छ । टिपिएस पाउनेका लागि ग्रिनकार्ड बनाउन मिल्ने प्रावधानका विषयमा पनि छलफल जारी रहेको देखिएको छ ।
अमेरिकामा नेपाल सहित बर्मा, एल साल्भाडोर, हाइटी, होण्डुरस, निकारागुवा, सोमालिया, सुडान, दक्षिणी सुडान, सिरिया, भेनेज्वेला तथा यमनका नागरिकहरुले यो सुविधा उपभोग गरिरहेका छन् ।

Leave a Reply