२० मंसिर २०८२, काठमाडौं ।
साहित्यिक पत्रकार संघको आयोजनामा गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’द्वारा रचित विजय गुरुङद्वारा सङ्गीतबद्ध, तृप्ति खड्का गुरुङ र विजय गुरुङद्वारा गाइएको ‘प्यारो गाउँ भीमफेदी’ गीतको प्रमुख अतिथि पूर्व राजदूत वरिष्ठ परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले सार्वजनिक गरे ।
गीत सार्वजनिक गरिएपछि सङ्गीतकार र गायकद्वय तृप्ति खड्का गुरुङ र विजय गुरुङले त्यो गीत गाउँदाको आफ्नो अनुभव व्यक्त गरे ।
कार्यक्रममा समालोचक युवराज मैनाली र ‘शब्दपथ’का प्रधान सम्पादक वरिष्ठ आख्यानकार किशोर पहाडीले समीक्षात्मक मन्तव्य राखे ।
विशिष्ट अतिथि साझा प्रकाशनका अध्यक्ष कवि शेखर गिरीले सुभाषचन्द्रसँग तीसको दशकदेखि नै चिनजान भएको सम्झना गर्दै शुभकामना व्यक्त गरे।
सो अवसरमा सर्जक भीमफेदीयाले लेखकीय मन्तव्य व्यक्त गरे ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार श्रीराम सिंह बस्नेतले गरेका थिए ।
०००
