‘गोपाल पाँडे असीम पुरस्कार’लक्ष्मी उप्रेतीलाई प्रदान गरिने

मुख्य समाचार

११ साउन २०८२, काठमाडौं

विसं २०५० सालदेखि प्रदान गरिंदै आएको ‘गोपाल पाँडे असीम पुरस्कार’ यस वर्ष लेखिका तथा सम्पादक लक्ष्मी उप्रेतीलाई प्रदान गरिने निर्णय भएको नेपाली शिक्षा परिषद्ले जनाएको छ ।
परिषद्की अध्यक्ष रमा शर्माको सभापतित्वमा हालै बसेको प्रबन्ध समितिको बैठकबाट उक्त निर्णय गरिएको हो ।
पुरस्कारका साथ नगद राशि ५० हजार रुपैयाँ रहेको छ ।
सो पुरस्कार साउन ३१ गते प्रदान गरिने समेत जनाइएको छ ।