५ वैशाख २०८२, काठमाडौं
स्रष्टा राजबाबु श्रेष्ठ सागरद्वारा लिखित कथासङ्ग्रह ‘फिर्दोसको साँचो’को लोकार्पण कार्यक्रम एक समारोहका बीच सम्पन्न भयो । कृतिको लोकार्पण तीनजना वक्ता वरिष्ठ समालोचक प्रा. डा. रामप्रसाद ग्यावाली, प्रा. डा. अर्चाना थापा, समालोचक स.प्रा. अनुपमा रेग्मी, स.प्रा. डा. अशोक थापा, स्रष्टा राजबाबु श्रेष्ठ सागरले संयुक्त रूपमा लोकार्पण गरेका थिए ।
लोकार्पण कार्यक्रम राष्ट्रिय गानबाट सुरु भएको थियो र स्वागत मन्तव्य कथाकार तथा समालोचक डा. अशोक थापाले गरेका थिए ।
कार्यक्रमका प्रथम वक्ता समालोचक अनुपमा रेग्मीले यस सङ्ग्रहभित्र निकै सशक्त कथाहरू भएका र विभिन्न कोणबाट चित्रण गरिएका हुँदा थोरै समयभित्र कथालाई न्याय गरी बोल्न नसकिने विचार व्यक्त गरिन् ।
दोश्रो वक्ता डा. अर्चना थापाले ‘मलाई बुझेर पढ्न अलि समय लाग्ने हुँदा, समयमा मेरो हातमा पुस्तक नपर्दा न्याय गरी पढ्न नपाएको बताइन् ।
समालोचक प्रा. डा. रामप्रसाद ग्यवालीले लेखकका रोमान्टिक लेखकत्व परिचय दिँदै कथाहरूमा प्रशस्तै स्वैरकल्पना प्रयोग गर्दै वाद, सिद्धान्त, कहीँ यथार्थवाद र कहीँ अतियथार्थवादको शैली प्रयोग भएका छन् भन्ने बताए । लेखक राजबाबुले समालोचक प्रा. डा. अर्चना थापाले उठाउनुभएको सौन्दर्यको सवालमा सूर्य अथवा उज्यालो थियो र त आँखाको निर्माण भएको हो । आँखाको काम भनेको दृश्यपान गर्ने हो । जे देखिन्छ त्यही लेख्ने हो । नारी पात्रलाई चित्रण गर्दा पात्रको सौन्दर्य, चरित्र, घटना, परिवेश र स्थानीय संस्कृति र वर्णन आदीलाई छोपेर लेख्दा कथा आफैमा पूर्ण, रोचक र पठनीय हुँदैन । सर्प हिँड्न त सिधै हिँडेको हुन्छ तर देख्नेले के देख्छ भन्दा सर्प जिग्ज्याग हिँडेको देखिन्छ । त्यो त उसभित्र पकृतिले दिएको सही र सत्य नेचुरल स्वभाव हो ।
उक्त कार्यक्रम डा. हेम भण्डारीले गरेका थिए ।
