२० असार २०८२, काठमाडौं
राजेन्द्र सुवेदी स्मृति समाजको बैठकले यस वर्षको राजेन्द्र सुवेदी पुरस्कार साहित्य तर्फ मोदनाथ प्रश्रित तथा कला टेकवीर मुखियालाई प्रदान गर्ने निर्णय गरिएको छ।
गत वर्षदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलोपल्ट साहित्यतर्फ दयाराम श्रेष्ठलाई तथा कलातर्फ भैरववहादुर थापालाई प्रदान गरिएको छ ।
पुरस्कारको राशी २२ हजार रहेको छ ।
सो पुरस्कार आगामि २४ साउनका दिन एक समारोहका वीच प्रदान गरिने जनाइएको छ ।
वरिष्ठ विद्वान समालोचक, साहित्यकार तथा प्राध्यापक राजेन्द्र सुवेदीको कोरोनाका कारण देहान्त भएपछि उनको स्मृतिमा राजेन्द्र सुवेदी स्मृति समाज गठन गरिएको थियो । सो समाजको अध्यक्षमा जीवेन्द्रदेव गिरी, उपाध्यक्षमा रमेश सुभेच्छुक तथा सचिवमा कमल सुवेदी रहेका छन् ।
०००
