मकैको गीत

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’ हिमाल, पहाड र तराईका रङ्गेली फाँटहरू । चम्कन्छन् हरदिन किसानका सुनौला हातहरू ।। बैँसले लहलह सयौँ मकैका स्वादिला जातहरू । हुन्छन् खुसी पहेंलपुर जमराले अनाथ नाथहरू ।। नाच्छन् हावाले बिहानी झुल्कोमा सल्बल पातहरू । हर्षातिरेक भई रमाउँछन् प्रचण्ड सन्तापहरू ।। बन्छिन् रजश्वला खुसीले कन्याकुमारी सुत्लाहरू । निस्केर यौवनका रसिला चिल्ला चिचिला […]

Continue Reading

कवि राधिका अर्यालको “अङ्कुर” विमोचन तथा विमर्श सम्पन्न

२८ असोज २०८२, स्याङ्जा, त्रियासी, कवि राधिका अर्याल (राधा) को पहिलो साहित्यिक कृतिको रूपमा ५६ वटा कविताको सङ्ग्रह “अङ्कुर” को विमोचन तथा विमर्श एवम “त्रियासी साहित्य साँझ- २०८२” सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भसँगै स्वर्गीय त्रिभुवन अर्यालको ११औँ वार्षिक पुण्यतिथिको अवसरमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको संयोजन तथा […]

Continue Reading

भैरव अर्याल पुरस्कारहरू समर्पण सम्पन्न

२९ असोज २०८२, काठमाडौं हास्यव्यङ्ग्य शिखर पुरुष भैरव अर्यालका नाममा स्थापित भैरव पुरस्कार कृष्ण प्रधानलाई,भैरव वाङ्मय पुरस्कार हरिप्रसाद शर्मालाई तथा भैरव प्रतिभा पुरस्कार विवश पोखरेललाई भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरे,गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल तथा भैरव अर्यालका सुपुत्र दीपक अर्यालद्वारा सम्मानपत्र,नगद पुरस्कार तथा फूलमाला अर्पण गरियो । भैरव पुरस्कारको राशि नगद रू ११११११/-भैरव वाङ्मय […]

Continue Reading

गाजामा दुखेको कञ्चनपुर

डा. शरद परासर मरहट्टा   इजरायल–प्यालेस्टाइनको युगीन पौठेजोरीको नयाँ बिसौनीमा खण्डहर वर्तमान चर्च-याएको बेला बन्दुकी उन्माद सुस्ताएको बेला अनिश्चितताको अर्धविरामसँगै बारुदको धुवाँ रोकिनुको पटाक्षेपमा शुष्क हाँसो र रोदनको मनोवाद निराश–निराश छ गाजामा दुखेको कञ्चनपुर उदास–उदास छ।   कठिन ‘बाँदर नियन्त्रण’को विदेश यात्रा पश्चात् सरल ‘बन्ध्याकरण’ बिर्सिएका विधायकहरू ‘कुलिङ अफ पिरियड’को लुकामारीमा ‘फुलिङ अफ पिपुल’ बनाउने […]

Continue Reading

हातहरू (कविता)

डा. गोबिन्दसिंह रावत, टोरोन्टो ती कलिला हातहरुले हातैबाट संसार नियाल्ने ज्ञान आर्जन गरी शिक्षित बन्ने सञ्जालको स्वतन्त्रता माँगेका थिए तर कलिलोपनको अनुभव नभएकाहरुले कलिला माँगलाई लत्याएर सत्ताको उन्मुक्ततामा हातहरु निमोठ्न खोजे आवाजहरु दबाउन खोजे अनि कठोर हातहरुले चलाएका गोलीहरुलाई कलिला हातहरुले रोक्न छेक्न खोज्दा शरीर ढल्दै गए आवाजहरु थपिदै गए मूर्दावादमा उठेका हातहरु थपिदै गए […]

Continue Reading

नेपाली साहित्यका दुई अप्राप्य कृतिको पुनर्प्रकाशन

२५ असोज २०८२, काठमाडौं नेपाली साहित्यका दुई अप्राप्य कृतिहरू स्व. ईन्द्रबहादुर राईको कथा सङ्ग्रह “बिपना कतिपय” तथा स्व. मोहनराज शर्माको नाटक “बैकुण्ठ एक्सप्रेस“लाई नेपाली प्रकाशन जगतमा नयाँ सम्भावना बोकेर उदाएको इम्प्रिन्ट पब्लिशर्सले पुनर्प्रकाशन गरेको छ । बिपना कतिपय ईन्द्र बहादुर राईको पहिलो कथा सङ्ग्रह हो । यसको प्रथम प्रकाशन सन् १९६० मा दार्जिलिङको श्याम ब्रदर्सले […]

Continue Reading

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार समर्पण

२६ असोज २०८२, काठमाडौं संवत् २०८१ को जगदम्बा-श्री पुरस्कार प्रेमदेव गिरी तथा मदन पुरस्कार छुदेन काविमोलाई गरिएको छ। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितबाट यी दुबै व्यक्तित्वहरूलाई जनही रू ४०००००/-को नगद राशि तथा सम्मान अर्पण गरियो। सम्मानित व्यक्तित्वहरूलाई मञ्चसम्म यसअघि २०८० मा पुरस्कृत दुई व्यक्तित्वहरूबाट ओल्क्याउँदै लगिएको थियो। पुरस्कृत व्यक्तित्वहरूको सम्मानमा आरती उतार्दै दुबो र […]

Continue Reading

लीलबहादुर क्षेत्रीको ‘नेपाली संस्कृतिमा मादलको महत्त्व’

लीलबहादुर क्षेत्रीको ‘नेपाली संस्कृतिमा मादलको महत्त्व’ नवीन पौड्याल, कालिम्पोङ नेपाली साहित्यमा लीलबहादुर छेत्रीको स्थान महत्त्वपूर्ण रहेको छ। उनको जन्म १ मार्च, १९३३ मा गौहाटीमा भएको हो। उनका मातापिताको नाम स्व. पवित्र छेत्री र प्रेमबादुर छेत्री हो। उनले आफ्नो प्राथमिक शिक्षा शिलाङबाट ग्रहण गरेका थए।उनले स्नातक भने हाटीको प्रसिद्ध कटन कलेजबाट सअर्थशास्त्र अनर्स विषय लिएर सन् […]

Continue Reading

जेन्जी अवतार

भगवती बस्नेत, काठमाडौं कहिले निर्दल,कैले बहुदल कैले लोकतन्त्र कहिले गणतन्त्र अनेक विद्रोह झेल्नुपर्ने भाग्य दुर्भाग्यको साक्षी सिंहदरवार । देशको राजधानीमा उभिएर अनेक व्यवस्थाको साक्षी बनेर हेरिरह्यो व्यवस्था बदलिए पनि अवस्था कहिल्यै बदलिएन चरित्र वदलिएन निमुखाको जीवन बदलिएन जनजनका लागि दुर्गम भयो सिंह दरवार! विगत र वर्तमानको साक्षी ईतिहासको साक्षी दम्भ र अहङ्कारको साक्षी सिंहदरवारमा विस्फोट […]

Continue Reading

विद्यार्थीसँग साहित्यकार कार्यक्रम’मा ‘सत्यम्’का लेखक लक्ष्मण वियोगी

२२ असोज २०८२, स्याङ्जा विद्यार्थीहरूको सिर्जनशील विकासका लागि मध्यनजर राखी दहथुम माध्यमिक विद्यालयले आयोजना गर्दै आएको ‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’ सम्पन्न भएको छ । ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीबीच पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीसँग अनौपचारिक सिर्जनशील एवम् साहित्यिक अन्तरक्रिया सम्पन्न गरेको हो । कवि/साहित्यकार मिलन समीरले सहजीकरण गरेको कार्यक्रममा वियोगीले झण्डै दुई दशक लामो पत्रकारिताको […]

Continue Reading