हल्का हल्का (गीत)

उत्तम भौकाजी हल्का हल्का हावाले त्यो दिनको सम्झना दिलाईरहेछ लैजाऊ मलाई फेरि तिम्रै छाँयामा हराउन मन छ – मलाई । फूल यो फूल जस्तो छैन् काँडा यो काँडा जस्तो छैन् सबै फरक छन् – समय जस्तै केवल माया मात्र सधैं उस्तै त्यो घाम त्यो जून त्यो पिपलु त्यो छाँया सम्झना आइरहेछ पलपल हरपल यहाँ लैजाऊ […]

Continue Reading

सीता पाण्डेका तीन कृतिहरुको विमोचन तथा विचार गोष्ठी

१ कार्तिक २०८२, काठमाडौं अमेरिकामा दुई दशकभन्दा बढी समयदेखि बस्दै आएकी चर्चित साहित्यकार सीता पाण्डेका तीन कृतिहरु “टुकुनी, खुशी र म” कविता सङ्ग्रह, “रङ्गीन जामा” गद्य सङ्ग्रह तथा अङ्ग्रेजीमा अनुदित गद्य सङ्ग्रह “साइलेण्ट भ्वाइस” को विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नगेन्द्रराज शर्मा, डा. गोबिन्दराज भट्टराई तथा डा. ज्ञानु अधिकारीले कृतिका बारेमा चर्चा […]

Continue Reading

म कति पटक जलूँ ? (कविता)

विष्णुप्रसाद शर्मा पराजुली   म कति पटक जलूँ ? म आमा हुँ । म तिम्रो लागि बारम्बार जलिरहेकी छु, विक्रमको बिसौँ शताब्दीको अन्तमा मेरो लाम्टो चुस्दाचुस्दै थुप्रै दशरथ, गंगालाल, धर्मभक्त मारिए, विक्रमको बाइसौँ शताब्दीको प्रारम्भ हुनै लाग्दा (२०१७, २०३६, २०४६, २०५२, २०६२,२०८२) मैले मेरा थुप्रै लालाबालाको रगत छताछुल्ल पोखिएको सहेँ त्यही आलो रगतमा म लतपतिएँ […]

Continue Reading

मासिक कथावाचन तेइसौं शृङ्खला सम्पन्न

३१ असोज २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको तेइसौं श्रृङ्खला सम्पन्न भएको छ । सर्वप्रथम पुनर्जागरण अभियानका एक परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरूको स्वागत गर्दै कार्यक्रमका उद्देश्यहरूबारे संक्षिप्त प्रकाश पारेका थिए । हरेक महिना कुनै दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गरेर […]

Continue Reading

महाकवि देवकोटाः व्यक्ति एक व्यक्तित्व अनेक

नवीन पौड्याल , कालिम्पोङ नेपाली साहित्य क्षेत्रमा महाकवि लक्ष्मीप्रसाद देवकोटा एक शीर्षस्थ र आदरणीय नाम हो। उनको जन्म वि.सं. १९६६ कार्तिक २७ गते काठमाडौंको धोबीधारा टोल डिल्लीबजारमा भए‌को थियो। उनको वास्तविक नाम तीर्थमाधव थियो। उनी लक्ष्मीपूजाको दिन जन्मिएको हुनाले उनका पिता पं. तिलमाधवले उनलाई लक्ष्मीको प्रसाद सम्झेर लक्ष्मीप्रसाद नाम राखिदिए। जम्मा पचासवर्ष कविको जीवनआयुमा लगभग […]

Continue Reading

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइयो

०३ कात्तिक २०८२, काठमाडौं महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्ती शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजद्वारा आयोजित कार्यक्रममा महाकवि देवकोटाका रचना लगायत आ-आफ्ना रचना वाचन गरेर साहित्यकारहरूले उनको सम्झना गरे । सो अवसरमा रचना वाचन गर्नेहरूमा रेशु गौतमाचार्य,रूपा रिसाल चालिसे,सौदामिनी चालिसे,विसुकुमार केसी,रामेश्वर केसी, ध्रुव थापा,दीपक लोहनी,सुभाषचन्द्र पौडेल’भीमफेदीया’, शोभा अधिकारी,शंकर भारती,विष्णुबहादुर सिंह,वियोगी बुढाथोकी,सोझो गाउँले,गुप्तबहादुर श्रेष्ठ,माधव बिंडारी […]

Continue Reading

ठाकुर शर्मा भण्डारीको’नवनी’को लोकार्पण सम्पन्न

०१ कात्तिक २०८२, काठमाडौं सर्जक ठाकुर शर्मा भण्डारीद्वारा लिखित’नवनी’कविता कृति एक औपचारिक एवम् अनौपचारिक कार्यक्रमका बीच लोकार्पण सम्पन्न भएको छ। कृतिलाई कार्यक्रममा उपस्थित सबै महानुभावहरूले सामूहिक रूपमा लोकार्पण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यिक पत्रकार रोचक घिमिरेले कवि ठाकुर शर्मा भण्डारीको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पार्दै उनीसँगको साहित्यिक सम्बन्ध बारे […]

Continue Reading

जयदेव भट्टराईको नमन सार्वजनिकिकरण

३० असोज २०८१, काठमाडौं जयदेव भट्टराईको संस्मरणात्मक शब्दचित्र ‘नमन’को विमोचन सम्पन्न भएको छ । ३९ जना व्यक्तित्वहरूको शब्द चित्र समेटिएको सो कृतिमा रहेका जिवित श्रष्टाहरू पहिलो महिला कलाकार उर्मिला गर्ग उपाध्याय, वनस्पतिविद डा. तीर्थबहादुर श्रेष्ठ, गायन समाजसेवामा समर्पित नुपूर मट्टाचार्य, नेपाली चलचित्रकी पहिलो नायिका भुवन थापा चन्द, प्रसिद्ध सितारवादक विजया शर्मा, नेपाली रङ्गमञ्चका प्रथम नायिका […]

Continue Reading

साथी (कविता)

डा. दामोदर पुडासैनी किशोर साथी-१ सुनसान सडकमा हिँडिरहेथेँ एक्लै अघिल्तिर वाहवाही गर्नेहरू परपर लुकेर हेर्दैथे मलाई त्यतै कतै सिध्याउन साथ दिने कोही नभेटेको बेला त्यही सडक बाहेक कोही भएन मेरो एक्लो र भरपर्दो साथी ।   साथी-२ कैयौँ खेतमा आगजनी भएको छ कैयौ बाली जलेर नष्ट भएको छ आगजनी रोक्नेहरू पनि जलेका छन् आगजनी गराउनेहरू […]

Continue Reading

दुई कृति र पत्रिकाको विशेषाङ्कको लोकार्पण तथा परिचर्चा

३१ असोज २०८२, काठमाडौं आख्यानकार तथा साहित्यिक पत्रकार हिरण्यकुमारी पाठक को लघुकथाकृति’तेल भिसा’र कविताकृति’सम्बन्धको चुकुल’तथा हिरण्यकुमारी पाठकद्वारा नै सम्पादित ‘नारीस्वर’को’सर्जक गणेश रसिक स्मृति अङ्क’को लोकार्पण प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती तथा मञ्चासिन अतिथिहरू तथा लेखिका स्वयमले सामुहिक लोकार्पण सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व गङ्गाप्रसाद उप्रेतीले […]

Continue Reading