मौनताका नमुना राजेन्द्र पराजुली

उदय निरौला   अमेरिकाको  अलावामा राज्यको “दि किङडम अफ दि ड्रिम मन्टेगोमेरी” भनेर जताततै लेखिएको यो शहर वा राजधानीमा मैले समाचार र सामाजिक संजालमा हेरेँ समाचार र देखेँ मुहार पुस्तिकामा स्टाटसहरू “साहित्यकार राजेन्द्र पराजुली अब रहनुभएन !” एक सपना जस्तो अनि दुख:द र कताकता अन्तर मनमा “ए हो के?” भनेजस्तो भानले म पुर्णतः स्तब्ध बनें […]

Continue Reading

२७औं मुक्तक मेलामा “भित्र कतै दुखेपछि”लोकार्पित

३० भदौ २०८० , काठमाडौँ नेपाल मुक्तक प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक समारोहमा प्रमुख अतिथि  साहित्यकार एवम् वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले प्रकाशलाल श्रेष्ठको मुक्तकसङ्ग्रह “भित्र कतै दुखेपछि “को  लोकार्पण गरे  । लोकार्पित कृति र कृतिकारका बारेमा प्रा.डा.लक्ष्मणप्रसादगौतम, ज्ञानुवाकर पौडेल, रुद्र ज्ञवाली, वसन्तलाल श्रेष्ठ, यादव भट्टराई लगायतले चर्चा गरे । कृतिकार प्रकाशलाल श्रेष्ठले समेत आफ्आनो […]

Continue Reading

साहित्यकार काजि रोशन अश्वस्थ

३० भदौ २०८०, काठमाडौं   बाग्लुङलाई कर्म क्षेत्र बनाएका साहित्यकार काजिरोशन अश्वस्थ भएछि  भदौ २८ देखि शिक्षण अस्पताल महाराजमा उपचाररत रहेको थाहा भएको छ । उनकी श्रीमतीको अश्वस्थताका कारण झण्डै तीन महिनादेखि सोही अस्पतालमा कुरुवा बसेका उनी अहिले आफैं सिकिस्त भै उपचाररत रहेका छन् । उनी बाग्लुङमा आयोजना गरिने साहित्यिक पुरस्कार वितरण समारोहमा सरिक हुन […]

Continue Reading

मोती जयन्ती र देवरात महाकाव्यको विमोचन सम्पन्न

३० भदौ २०८०, नेपालगञ्ज महेन्द्र पुस्तकालय नेपालगञ्जको आयोजनामा सम्पन्न १५८ औं मोती जयन्तीको अवसरमा साहित्यकार शशिराम कार्कीद्वारा लिखित महाकाव्य “देवरात” महाकाव्यको गृह विमोचन तथा विमर्श कार्यक्रम गरियो । पुस्तकको विमोचन प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्व विद्यालय सेवा आयोगका सदस्य डा. कृष्ण प्रसाद घिमिरेले देवरातले गरेका थिए । कार्यक्रममा प्राज्ञ हरिप्रसाद तिमिल्सिनाले मोतीराम भट्टको साहित्यिक योगदानको […]

Continue Reading

बाह्रखरी कथा लेखन प्रतियोगिता पाँचौँ संस्करणको घोषणा

आइतबार, ३१ भदौ २०८०, काठमाडौं   बाह्रखरी अनलाईन मिडियाले काठमाडौंमा पत्रकार सम्मेलन गरी पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ लागि कथा आह्वान गरेको छ । पत्रकार सम्मेलनमा प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । […]

Continue Reading

“कृष्ण-सरस्वती साहित्य पुरस्कर”को स्थापना

२०८० भदौ ३०, काठमाडौं । वासु शशी स्मृति परिषद साधारण सभा सम्पन्न भएको छ । सो सभाले निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार कृष्ण जोशीको सम्झनामा “कृष्ण-सरस्वती साहित्य पुरस्कर”को स्थापना गरेको छ । पाँच लाखको अक्षयकोष राखिएको यस “पुरस्कार व्यवस्थापन समिति”को संयोजकमा साहित्यकार राधेश्याम लेकाली, सचिवमा कवि प्रद्युम्न जोशी र सदस्यमा सुमन घिमिरे “वर्षा” रहेका छन् । […]

Continue Reading

कथा वाचन गोष्ठी शृङ्खला -२ सम्पन्न

२९ भाद्र २०८०, काठमाडौं गत महिनादेखि शुरु गरिएको मासिक कथा वाचन गोष्ठी दोस्रो -२ सम्पन्न भएको छ । कार्यक्रमको शुरु हालै दिवङ्गत कथाकार राजेन्द्र पराजुलीको असामयिक निधनमा आत्माको चिर शान्तिको कामनासहित एक मिनट मौन धारण गरिएको थियो । कार्यक्रममा दिवङ्गत व्यक्तिको कथा वाचन अन्तर्गत कथाकार देवकुमारी थापाको कथा “प्रलय प्रतीक्षा” किशोर पहाडीले वाचन गरेका थिए […]

Continue Reading

१५८औं मोती जयन्ती र मोती पुरस्कार वितरण सम्पन्न

२८ भदौ २०८०, काठमाडौं   युवक कवि मोतीराम भट्टको १५८औं  मोतीजयन्ती, मोती पुरस्कार वितरण, स्व.कवि लेखकहरुको सामुहिक जयन्ती तथा समस्यापूर्ति कवि सम्मेलन एक समारोहका वीच नेपाली शिक्षा परिषद्  लेखनाथ साहित्य सदनमा सम्पन्न भयो । कार्यक्रमको शुरुमा परिषदका कोषाध्यक्ष शङ्करप्रसाद पाण्डेले स्वागत भाषण गरेका थिए भने सदस्य सचिव लक्ष्मण थापाले कार्यक्रममाथि प्रकाश पारेका थिए । साथै […]

Continue Reading

प्रेमको मूल्य

शीतल गिरी   प्रेमको चर्चा विभिन्न धर्मशास्त्र, दार्शनिक ग्रन्थ, साहित्यिक कृति, सांस्कृतिक ग्रन्थ आदिमा विभिन्न सन्दर्भमा हुँदै आएको छ । मानवीय मूल्यमा तीव्र समीकरण भइरहेको वर्तमान परिप्रेक्ष्यमा समाजलाई सही दिशावोध गराउने सामर्थ रहेको प्रेमको मूल्यको बारेमा चासो बढ्नु स्वभाविक देखिन्छ । कुनै पनि कुराको मूल्य र औचित्य त्यसको व्यवहारिक प्रयोगले सिद्ध गर्दछ । जीवनसँग हातेमालो […]

Continue Reading

तीन साहित्यकार नारी स्रष्टा समाजद्वारा सम्मानित हुने

२९ भदौ २०८०, काठमाडौं नारी स्रष्टा समाजबाट हरेक वर्ष गरिने स्रष्टा सम्मानका लागि यस वर्षका सम्मानित हुने साहित्यकारहरुको नाम घोषणा गरिएको छ । समाजले जारी गरेको विज्ञप्ति अनुसार मोहनलता स्रष्टा सम्मान २०८० विमल वैद्य (इलाम), कविराज स्रष्टा सम्मान २०८० श्रीबाबु कार्की (दोलखा) तथा हेमलता स्रष्टा सम्मान २०८० आरती पोखरेल अनु (झापा) सम्मानित हुने भएका छन् […]

Continue Reading