“मुक्तक मुहिम” पुस्तकको को परिचर्चा सम्पन्न

२०८१ फागुन २९, काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठान र नेपाल स्रष्टा समाजको संयुक्त प्रकाशनमा प्रकाशित २२६ जना स्रष्टाहरुका मुक्तकहरु “मुक्तक मुहिम” पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभाप्तित्वमा सपन्न सो कार्यक्रममा मुक्तक विधामा नयाँ प्रयोगको रुपमा “मुक्तक मुहिम” आएको भन्दै आगामी दिनमा यस्तो संकलन प्रयासको निरन्तरतामा सहभागीहरुले जोड […]

Continue Reading

दुई मुक्तक

गोविन्दवहादुर कुँवर १. सामान्यत: अरुको अधिकार चोर्नु वा खोस्नु हुन्न ´मागे राज्य पाइन्छ` नभनियोस् त्यस्तो सोच्नु हुन्न सहमति र सहकार्य आजको आवश्यकता हो सुकर्म छोडी कूकर्मले नाम कमाउन खोज्नु हुन्न २. जिन्दगी त खुला पुस्तक हो पढ्नु पर्छ, पढाउनु पर्छ समस्याहरू आउँछन् धैर्यपूर्वक सल्टाउनु पर्छ धेरै पृष्टहरुमा पोतिएको हुनसक्छ रङ्ग पीडाको तर खुसीको पाना पनि […]

Continue Reading

सापसद्वारा पुरस्कार वितरण कार्यक्रममा अभिनन्दन

२८ फागुन २०८१, काठमाडौं साहित्यिक पत्रकार संघले एक कार्यक्रमका वीच “आरुस-टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता-२०८१” को पुरस्कार अर्पण कार्यक्रमको आयोजना ग-यो । प्रतियोगिता”मा प्रथम “म नेपाली, मेरो नेपाल” निबन्धका लागि दिपन अधिकारीले नगद ३०,०००/-,दोस्रो “आँखाअघि देशको चित्र” निबन्धका लागि विपिन ढकालले नगद २०,०००/- तथा तेस्रो “एक अँजुली माया देशको लागि” निबन्धका लागि नीराजन ढकाल नगद […]

Continue Reading

वासु शशी साहित्य सम्मान र पुरस्कारको घोषणा

२६ फागुन २०८१, काठमाडौं । वासु शशी स्मृति परिषद्ले’वासु शशी साहित्य सम्मान–२०८१’ मनबहादुर मुखियालाई तथा ‘वासु शशी साहित्य पुरस्कार–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै सन्धा पहाडीलाई ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशी २५ हजार रहेको छ । विगत ६ दशकदेखि नेपाली नाटक र गीत लेखनका माध्यमद्वारा योगदान गरेका […]

Continue Reading

मासिक कथावाचन कार्यक्रमको सत्रौं शृङ्खला सम्पन्न

२३ फागुन २०८१, काठमाडौं वि.स. २०८० साल साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको दशकदशकका कथावाचन कार्यक्रमको सत्रौं श्रृङ्खला सम्पन्न भएको छ । हरेक महिना कुनै दिवंगत स्रष्टाको एउटा कथा वाचन गरेर तीप्रति सम्मान प्रकट गर्दै कार्यक्रम आरम्भ गर्ने चलन अनुसार यस पटक दिवंगत स्रष्टा बोधविक्रम अधिकारीको ‘बाबुछोराको गन्थन’ शीर्षकको कथा शुकदेव उपाध्यायले वाचन […]

Continue Reading

एकान्तमा (कविता)

जीवन खत्री यसो एकछिन आफैँलाई नियालेँ, आज कति कति भैसकेछ लामो स्वास भरेर फोक्सोमा, नसुस्ताएको कति कति भैसकेछ मुस्कानको मुहान बोक्ने ओठ नमुस्कुराएको भोकको स्वादले जिब्रोलाई कैयौँ पटक गिज्याईसक्यो, मौन कपडाको रङले शरीरलाई कयौँ पटक सम्झाईसक्यो, मौन मौनताको यो श्रृङखला कहिले टुट्छ? र कहिले हुन्छ एकबारको जीवनजस्तो जीवन म कहाँ हराई रहेछु? आनन्दको ऐनामा हेरेर […]

Continue Reading

“हिउँफूल” उपन्यास विमोचित

२४ फागुन २०८१, काठमाडौं । साहित्यिक पत्रकार संघले आज उपन्यासकार उषा के. सी. को “हिउँफूल” उपन्यासको लोकार्पण कार्यक्रमको आयोजना गर्यो । विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. दयाराम श्रेष्ठ तथा मञ्चासिन सबैले संयुक्त रुपमा गरे । लोकार्पित कृतिका बारे वरिष्ठ समालोचक प्रमोद प्रधान र गीता त्रिपाठीले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख […]

Continue Reading

रेखा-पवन स्रष्टा सम्मान पहिलोपल्ट गीतकार कालीप्रसाद रिजाललाई समर्पण

२५ फागुन २०८१, काठमाडौं नेपाल स्रष्टा समाजले राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ कवि एवम् गीतकार कालिप्रसाद रिजाललाई रेखा-पवन स्रष्टा सम्मान समर्पण गरियो । नगद रु.१ लाख एक सय एघार राशी सहितको उक्त सम्मान बरिष्ठ साहित्यिक पत्रकार,साहित्यकारद्धय र रोचकघिमिरे,नगेन्द्रराज शर्मा,समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’,पुरस्कारका संस्थापक मध्येका रीता कंडेल बस्नेत लगायतले सामुहिक रुपमा समर्पण गरे । गत वर्ष […]

Continue Reading

‘परशु–कल्पना स्रष्टा सम्मान’को घोषणा

१८ फागुन २०८१, काठमाडौं नेपाल स्रष्टा समाजले वरिष्ठ आख्यानकार द्वय गणेश रसिक र ध्रुव सापकोटालाई संयुक्त रुपमा ‘परशु–कल्पना स्रष्टा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ । सम्मानित स्रष्टालाई जनही रु ५० हजार १सय १ नगदराशिसहित सम्मान गरिने छ । नेपाली साहित्यमा पाँचदशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा विशिष्ट योगदान पु-याबापत उहाँहरुलाई यो सम्मान अर्पण गरिन लागेको […]

Continue Reading

दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार समर्पण

१५ फागुन २०८१, काठमाडौं २०८१ सालको दण्डपाणि -नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई समर्पण गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठनका कुलपति भूपाल राईले सो पुरस्कार हस्तान्तरण गरे । पुरस्कारमा रू ५०,०००/- (अक्षरेपी पचास हजार रुपिया) राशी र अभिनन्दन पत्र रहेको छ । कार्यक्रममा कोष संस्थापक हरिहर अर्याल ,सांसद […]

Continue Reading