पोखरामा परिधि उपन्यासको परिचर्चा

१७ माघ २०८२, काठमाडौं पोखरेली युवा सांस्कृतिक परिवार, पोखराको आयोजनामा आख्यानकार उमा सुवेदीको उपन्यास ‘परिधि’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। वरिष्ठ साहित्यकार सरुभक्त प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समिक्षकहरू साहित्यकार डा• ईश्वरमणि अधिकारी र गौरी तमूले उपन्यास परिधिमाथि आआफ्नो धारणा प्रस्तुत गर्दै उपन्यासको सबल र दुर्बल पक्षको चर्चा गरे । डा अधिकारीले कृतिले भ्रमपूर्ण मानसिकता, विषाद, […]

Continue Reading

पिटरलाई कृष्णसेन इच्छुक स्मृति पुरस्कार

१७ माघ २०८२,नेपालगन्ज पत्रकार तथा साहित्यकार नरेन्द्रजंग पिटरलाई शनिबार २०८२ को “कृष्णसेन इच्छुक स्मृति पुरस्कार” हस्तान्तरण गरिएको छ । प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहमा पिटरले ग्रहण गर्न पुग्न नसकेकाले प्रेस सेन्टर नेपालको बाँके शाखाले एक कार्यक्रमको आयोजना गरि सो पुरस्कार हस्तारन्तरण गरेको हो । सो पुरस्कार प्रेस सेन्टर नेपालका […]

Continue Reading

“वगावतनामा” विमर्श

१८ माघ २०८२, काठमाडौं छलफल, कुराकानी गर्ने हेतुले थालिएको ‘अन्तर–विधा’ मार्फत् रिमा केसीको नवीनतम कविता संग्रह वगावतनामा माथि काठमान्डौमा संक्षिप्त अन्तक्रिया गरियो । प्रेम  र विद्रोहका दुई बृहत् पाटाभित्र गुजुल्टिएर बसेका अनेक विषयहरु छन् यसमा । यहाँ पोतिएको छ चिया मजदुर जस्ता अगोचर दुःखीजनका उहापोह । हार्दिक प्रेमको अपरिमित आह्वान । विद्रोहको दुन्दुभि । सामाजिक […]

Continue Reading

हिमालय पौडेल र शिखण्डी : सिंहावलोकन

बालकृष्ण काफ्ले, उदयपुर सर्जकको चिनारी: सामाजिक सञ्जालको उपयोग हुँदै गर्दा बेला-बेला छन्द कविताहरू पाठकसामु पस्कदै आउनु भएका एक उदयपुरे साधक हुन् हिमालय पौडेल । बाक्लै रुपमा मधुपर्क, शारदा, शाल्मलि, जनमत, शब्दसंयोजन आदि साहित्यिक पत्रपत्रिकाहरूमा आफ्नो रचना (विशेष गरी छन्दका कविता) प्रकाशनसँगै थोरै साहित्यिक चिनारी बनाएका साहित्यपारखी पौडेल पछिल्लो समयमा मनग्यै सक्रिय हुँदै साहित्यिक कार्यक्रमहरूमा उद‌यपुरे […]

Continue Reading

मुक्तक दिवसमा उषा शेरचन र रुपक श्रेष्ठ पुरस्कृत

१८ माघ २०८२, काठमाडौं नेपाल मुक्तक प्रतिष्ठानको तेह्रौँ वार्षिकोत्सव तथा मुक्तक दिवसरका अवसरमा कार्यक्रममा भीमदर्शन मुक्तक पुरस्कारबाट कवि उषा शेरचनलाई नगद राशि रू ५१०००/-सहित तथा कृष्ण -रत्न-चेतन मुक्तक पुरस्कारबाट बेलायतमा बसोबास गरेर नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्याउँदै आएका कवि डा.रूपक श्रेष्ठलाई नगद राशि रू ३१०००/-सहित पुरस्कृत गरिए । सो अवसरमा प्रा.डा.लक्ष्मणप्रसाद गौतमद्वारा तयार गरिएको ‘मुक्तकको […]

Continue Reading

हिमालले खेपेको शरण

सर्वज्ञ वाग्ले, क्यालिफोर्निया इतिहास कहिलेकाहीँ तोपको गर्जनले होइन, मौन निर्णयको धड्कनले मोडिन्छ। ल्हासा प्रार्थनाले बाँचेको शहर, जहाँ मन्त्रहरू हावामा तैरिन्थे र हिउँले देवताका पाइला ढाक्थ्यो। १९५९ को मार्च, अफवाहहरू आगोझैँ फैलिन थाले करुणाको अवतार अब निशानामा छ। नोरबुलिङ्का वरिपरि मानिसको पर्खाल उभियो न हातमा हतियार, न मुखमा नारा, मात्र एउटै प्रार्थना “हाम्रो लामा बाँचून्।” चिनियाँ […]

Continue Reading

सुरभिको वार्षिकोत्सबमा अभिनन्दन,पुरस्कार समर्पण तथा पुस्तक लोकार्पण

१७ माघ २०८२, काठमाडौं सुरभि साहित्य प्रतिष्ठानले आफ्नो १८ औँ वार्षिकोत्सबका अवसरमा प्रा.डा.समालोचक अभि सुवेदीलाई अभिनन्दन गर्नुका साथै ४ प्रतिभाहरूलाई बिभिन्न पुरस्कारहरू प्रदान गरियो । पुरस्कृत हुने प्रतिभाहरूमा नगद राशि रू ५१०००/ को “सुरभि विजय वाङ्मय पुरस्कार” समालोचक ठाकुर शर्मा भण्डारी, नगद राशि रू २५०००/- को “गुरुप्रसाद मैनाली सुरभि आख्यान पुरस्कार” आख्यानकार खगेन्द्र संग्रौला, नगद […]

Continue Reading

स्रष्टा-सङ्गम सम्पन्न

२८ जनवरी २०२६ विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको आयोजनामा आयोजित मासिक सृजना वाचन “स्रष्टा-सङ्गम” कार्यक्रम शाखाका अध्यक्ष राहुल राई बोगीकोको अध्यक्षतामा सम्पन्न भयो । शाखाका प्रचार सचिव नील कमल छेत्रीले प्रमुख अतिथिको परिचय राखे पश्चात् क्रमैसँग दसजना स्रष्टाहरूविनोद छेत्री कुँवर, सरस्वती छेत्री, मुक्तिनाथ घिमिरे, बी के मुखिया, सरोजिनी ‘सागर’, नील कमल छेत्री, मीना लामा […]

Continue Reading

नेपाली कला साहित्य डटकमका पुरस्कारहरूको घोषणा

१५ माघ २०८२, काठमाडौं नेपाली कलासाहित्य डटकम वर्ष २०८२ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारहरूको घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिलाको अध्यक्षतामा बिहीबार ललितपुरमा बसेको कार्यसमितिको बैठकले उक्त सम्मान तथा पुरस्कारको घोषणा गरेको हो । प्रतिष्ठानले जनाएअनुसार ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान’का वरिष्ठ नाटककार तथा गीतकार मनबहादुर मुखियालाई, एक लाख रुपैयाँ […]

Continue Reading

डा. ठाकुरनाथ पन्त स्मृति दिवस सम्पन्न

१३ माघ २०८२, काठमाडौँ । पूर्व अर्थसचिव तथा कृषि अर्थशास्त्री डा. ठाकुरनाथ पन्तको २४औँ स्मृति दिवस काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रममा मकवानपुर गढीकी १९ वर्षीया छात्रा सुश्री दिपा लामालाई व्यवस्थापन संकायमा चार वर्षे स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको थियो। आर्थिक रूपमा कमजोर तर अध्ययनशील विद्यार्थीलाई उच्च शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले उक्त […]

Continue Reading