९ कार्तिक २०८३, काठमाडौं
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान रत्ननगर चितवनले विसं २०८२ सालको पद्मश्री गौरव पुरस्कार, पद्मश्री साधना सम्मान तथा पद्मश्री साहित्य पुरस्कार अर्पण ग-यो ।
यस वर्ष पद्मश्री गौरव पुरस्कार प्रा.डा. जयराज आचार्यलाई, पद्मश्री साधना सम्मान कृष्ण धरावासीलाई तथा पद्मश्री साहित्य पुरस्कार “सलह” उपन्यासका लागि श्रवण मुकारुङलाई प्रतिष्ठआनका अध्यक्ष जीवा लामिछानेले समर्पण गरे ।
यस वर्षको विद्वत् प्रवचन प्रा.डा. ज्ञानु पाण्डेले “नारी आन्दोलन र साहित्य” विषयमा प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रमको सुरूमा प्रिष्ठानका अध्यक्ष जीवा लामिछानेले स्वागत तथा अध्यक्षीय मन्तब्य प्रस्तुत गरेका थिए ।
पुरस्कार तथा सम्मान ग्रहण पश्चात् तीनै जना प्रतिभाले आआफ्नो मन्तब्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्तमा प्रतिष्ठानका उपाध्यक्ष रविन्द्र समिरले धन्यवाद ज्ञापन गरेका थिए ।
पद्मश्री साहित्य पुरस्कार तथा सम्मा हरेक बर्ष कोजाग्रत पूर्णिमाको दिन समर्पण गर्ने परम्परा रहेको छ ।
०००
