४ साउन २०८३, काठमाडौं
मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८२’ का लागि दश कृतिको सूचि प्रकाशित गरेको छ । सो अनुसार छनौटमा परेका कृतिहरुमा ललित विष्टको
उत्कर्ष, रोशन कुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, विणा जोशीको नेवार समुदायका परम्परागत मुकुन्डोनाच,उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श तथा नदीशको हिउँद रहेका छन् ।
बिधागत रुपमा छनौटमा परेका १० कृतिमा ५ कृति उपन्यास रहेका छन् ।
यी मध्ये एक कृतिले चार लाख राशीको मदन पुरस्कार प्राप्त गर्नेछ ।
०००
