१४ जेठ २०८३, काठमाडौं
नियात्रा समाज नेपालको आयोजनामा नियात्राकार इल्या भट्टराईको व्यक्तित्व र कृतित्व बारे परिचर्चा कार्यक्रम लेखिकाकै निवासमा सम्पन्न भयो ।
कार्यक्रममा नियात्राकार तथा कथाकार चन्द्रप्रसाद भट्टराई, समालोचक डा.ज्ञानु अधिकारी, नियात्राविद् जय छाङ्छा नियात्राकार पवन आलोक, तथा गीता खत्रीले इल्या भट्टराईको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारे । परिचर्चाका क्रममा बक्ताहरूले लेखिका ईल्याका पाँच नियात्रा कृतिहरूमा भएको विम्ब, तत्व, सौन्दर्य, भाषा, शैली, प्रस्तुति आदि बारे विषयगतरुपमा चर्चा गरेका थिए ।
सो अवसरमा नियात्राकार पवन आलोक र गीता खत्रीले नियात्राकार इल्या भट्टराईको साहित्यिक योगदानको चर्चा गरे।
नियात्राकार इल्या भट्टराईले नियात्रा वा अन्य रचना सिर्जना गर्दा रैथाने शब्द, सरल भाषाको प्रयोगमा ध्यान दिनु पर्ने भन्दै आफ्नो नियात्रा लेखनको अनुभव सहभागि साहित्यकारबीच राखन् ।
कार्यक्रम नियात्रा समाजका अध्यक्ष मोहन चापागाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने महासचिव भवानी खतिवडाले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
०००
